आज कुकुर तिहार, के छ धार्मिक महत्व ?

तिहार पर्वको दोस्रो दिन आज (आइतबार) कुकुर तिहार मनाइँदै छ। हरेक वर्ष कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाउने प्रचलन छ।

कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन परेको छ। आज बिहान कुकुर पूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

आज १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि छ। त्यसपछि औँसी तिथि सुरु हुन्छ।

लक्ष्मीपूजा औँसीको साँझ गर्ने प्रचलन भएकाले आजै साँझ लक्ष्मीपूजा गर्नु उत्तम हुने समितिले जनाएको छ।

आज कुकुरलाई पूजा गरी फूलको माला लगाएर मिठामिठा खानेकुरा खुवाउने गरिन्छ। कुकुर तिहारमा आफ्नो घरमा पालेका मात्रै नभई सडकका कुकुरलाई पनि माला र टीका लगाएर खान दिने गरिन्छ।

सनातन धर्ममा घर पालुवा जनावर कुकुरलाई यमराजको दूत मानिएको छ। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ।

आजको दिन कुकुरको पूजा नगरी खाए पाप लाग्‍ने धार्मिक विश्वास छ। मानिसको आज्ञाकारी र रक्षक जनावर मानिने कुकुरलाई भैरवको बहानसमेत भनिन्छ।

मालिकप्रति बफादार रहने, कुनै खतरा आइपरे संकेत गर्ने, शत्रुबाट जोगाउनेजस्ता अनेक गुण कुकुरमा हुन्छन्। सुँघ्नसक्ने उच्च क्षमता पनि कुकुरमा उच्च छ। कुकुरको यही क्षमताको कारण अचेल सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुरको प्रयोग गर्ने गरेका छन्।

अपराधी पहिचान गर्नदेखि मानिसले गर्न नसक्ने जोखिमयुक्त कामका लागि पनि कुकुर प्रयोग हुँदै आएको छ।

प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जनावर कुकुरलाई हिन्दू धर्ममा आज्ञापालक र बफादार मानेर विशेष स्थान दिइएको छ।

मानव सभ्यताको सुरुवात देखिनै कुकुरले हरेक समयमा मानिसलाई सहयोग गर्दै आएको छ। कुकुरको निन्द्रा पातलो हुने भएकाले यो हरक्षण चनाखो हुन्छ। कुकुर थोरै खाएर पनि सन्तुष्ट हुने प्राणी हो

पशु पालक किसानले गोठहरुमा पशु बस्तुको गोठालाको रुपमा पनि कुकुरलाई प्रयोग गर्दै आएका छन्। कुकुरले प्राकृतिक प्रकोप आउनुपूर्वनै थाहा पाउँछ भन्ने मान्यता छ।

सिफारिस

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित...

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, देशभर विविध कार्यक्रमहरू गरी दिवस मनाइदैछ। वि.सं. १९८४ बैशाख १३ गते गोरखापत्रमा पहिलोपटक समाचारमूलक...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

धेरै पढिएको