अस्ट्रेलियाले जाजरकोट भूकम्पपीडितलाई करिब पाँच करोड प्रदान गर्ने

अष्ट्रेलिया सरकारले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई ६ लाख अस्ट्रेलियाली डलर अर्थात् करिब पाँच करोड नौ लाख रुपैयाँ बराबरको मानवीय सहायता घोषणा गरेको छ।

काठमाडौँस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ।

उक्त सहयोगमार्फत मानव विकास तथा सामुदायिक सेवा (एचडिसीएस) संस्थाले भूकम्प प्रभावित स्वास्थ्य संस्थालगायत सार्वजनिक संरचनाको पुनर्निमाणमा सहयोग गर्नेछ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्केले भने, ‘पश्चिम नेपालमा भएको भूकम्प र त्यसपछि पराकम्पले निम्त्याएको मानवीय र सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। अष्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता छ। हाम्रा दुई देशले २०७२ को भूकम्प, कोभिड–१९ महामारीलगायत विपत्तिमा एकअर्कालाई सहयोग गरेको इतिहास छ।’

सिफारिस

खेतमा धान गोड्न व्यस्त किसान (तस्वीरहरू)

अहिले देशभरका किसान खेतमा छन् । रोपाईं सकिएपछि किसान खेतमा पस्नुको कारण हो, धानका गाँजबीचमा उम्रिने झार उखेलेर फाल्ने । असारको पहिलो सातातिर खेतमा धान...

संसदमा पुष्पलाललाई सम्झँदा पुष्पकमल उच्चारण गरेपछि…

काठमाडौं - प्रतिनिधिसभाका सांसद किरणकुमार साहले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलाई सम्झँदा पुष्पकमल दाहाल उच्चारण गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा...

अमेरिकी राष्ट्रपतिको दौडबाट पछि हटे बाइडेन, कमलालाई समर्थन

अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो उम्मेदवारीबाट पछि हटेका छन् । आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि जनाएपछि निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

संसदमा पुष्पलाललाई सम्झँदा पुष्पकमल उच्चारण गरेपछि…

काठमाडौं - प्रतिनिधिसभाका सांसद किरणकुमार साहले नेपाल कम्युनिस्ट पार्टीका...

अमेरिकी राष्ट्रपतिको दौडबाट पछि हटे बाइडेन, कमलालाई समर्थन

अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो उम्मेदवारीबाट पछि हटेका छन्...

काठमाडौंमा भारी वर्षा, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौँ– पछिल्लो एक घण्टा काठमाडौंको सुन्दरीजल, कपन र आसपास...

आज साउनको पहिलो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

आज साउन महिनाको पहिलो सोमबार । पशुपतिनाथलगायत देशभरका शिव...

प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको विश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको...

बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं- बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएका छन्...

धेरै पढिएको