भरतपुर भ्रमण वर्षकाे प्रचारका लागि काठमाडौंमा अन्तरक्रिया, कसले के भने ?

काठमाडौं – भरतपुर भ्रमण बर्ष २०२४ ले देशमा पर्यटकीय माहाेल सृजना गर्ने सराेकारवालाले बताएका छन्। भरतपुर भ्रमण बर्षकाे प्रचारप्रसारका लागि काठमाडौंस्थित नेपाल पर्यटन बाेर्डमा गरिएको कार्यक्रममा पर्यटन सम्वद्द व्यक्तिहरुले पर्यटन र समग्र अर्थतन्त्रकाे चलायमान बनाउन भरतपुर भ्रमण बर्षकाे भूमिका हुने बताएका हुन्।

संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री शुशिला श्रीपाली ठकुरीले पर्यटनको चलायमान बनाउन भरतपुरले शुरु गरेको अभियानमा पर्यटन मन्त्रालयले पूर्ण रुपले साथ दिने बताइन्। अर्थतन्त्र लयमा ल्याउन पनि पर्यटकीय क्षेत्रलाई चलायमान बनाउनुपर्ने उल्लेख सरकारले अार्थिक र नैतिक हिसाबले साथ दिने बताइन्।

नेपाल पर्यटन बाेर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले भरतपुर भ्रमण बर्षकै अवसरमा मेघाैलीमा हात्तपाेलाे शुरु गर्न पहल गर्ने बताए । डा रेग्मीले अन्तर्राष्ट्रिय जंगल सफारि मार्ट पर्यटन बाेर्डकै नेतृत्वमा गर्ने तयारी गरेको जानकारी दिए। उनले चितवन राष्ट्रिय निकुञ्ज भित्र हाेटल संचालन गर्न सरकार तयार हुनुपर्ने समेत बताए ।

नेपाल एसाेसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटाका महासचिव कुमार थपलिया र उद्योग बाणिज्य महासंघ पर्यटन समितिका उप-संयाेजक अच्युत गुँरागाईले भरतपुर भाैगाेलिक रुपमा पनि मध्यभागमा रहेकोले भ्रमण बर्ष सुस्ताएकाे पर्यटन उकास्नको लागि काेशेढुङ्गा सावित हुने बताए ।

भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण बर्षले चितवन मात्रै नभई देशकै पर्यटनमा टेवा पुर्याउने भएकोले सबै पक्षको साथ र सहयोगकाे अपेक्षा गरिएको बताए । उपप्रमुख अधिकारीले सन् २०२४ भित्र सरकारी तथा गैरसरकारी संस्थाका राष्ट्रिय स्तरका कार्यक्रम भरतपुरमा गर्दा महानगरले सहयोग गर्ने नीति लिएको उल्लेख सबै पक्षलाई भरतपुरमा कार्यक्रम गर्न आव्हान गरे ।

भरतपुर महानगरका पर्यटन विज्ञ विश्व सुवेदीले भरतपुरकाे पर्यटन र यहाँका संभावनाका बारे जानकारी दिए। सुवेदीले चितवन इकाे टुरिजमका लागि देशकै पहिलो स्थानमा रहेको उल्लेख गर्दै सबै पक्षको सहयोगमा भरतपुर भ्रमण बर्ष सफल हुने बताए । भ्रमण बर्षका अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयाेजक साेम सापकोटाले सन् २०२४ मा उल्लेख्य पर्यटन चितवन भित्र्याउन हाल ५४ राष्ट्रमा प्रचार अभियान जारि रहेको जानकारी दिए।

भ्रमण बर्ष कार्यसम्पादन समितिका सदस्य सचिव तेजेन्द्र पाैडेलले स्वागत गर्दै भरतपुरमा भाैतिक बिकास तीव्र भएको र सम्पदाको खानी भएकोले सन् २०२४ मा भरतपुर घुम्न निम्ताे दिए।

भरतपुर महानगरले विशेष समाराेहकाे आयाेजना गरि अब छिट्टै भरतपुर भ्रमण बर्ष २०२४ काे बिधिवत शुभारम्भ गर्दैछ। २०२४ सदस्यीय मूल समारोह समिति,कार्य सम्पादन समिति र विभिन्न उपसमिति गठन गरि भ्रमण बर्षकाे तयारीका काम भइरहेको महानगरले जनाएको छ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको