काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुश भएको छ । बिहीबार बिहान १ बजेर १९ मिनेट जाँदा काठमाडौँमा भूकम्पको कडा धक्का महसुस गरिएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो। यो धक्का ०७२ सालमा गएको विनाशकारी गोरखा भूकम्पकै परकम्प भएको उनले बताए ।
४.५ म्याग्निच्युडको भएपनि मध्यरातमाभूकम्पको कडा धक्का महसुस हुँदा सर्वसाधारणमा होहल्ला समेत उत्पन्न भएको थियो ।
यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पबाट ठुलो धनजनको क्षति भएको थियो ।
