सिविन–नेपालको ३६औ वार्षिकोत्सवका अवसरमा बालबालिका सम्बन्धि फोटो प्रदर्शनी (फोटो फिचर)

सिविन–नेपालले बालबालिका सम्बन्धि फोटो प्रदर्शनी आयोजना गरेको छ । आफ्नो ३६औ वार्षिकोत्सवका अवसरमा “बालबालिका राष्ट्रिय गौरव हुन्” भन्ने अवधारणालाई अघि बढाउँदै पहिलो दिन सिविन प्राङ्गणमा र दोस्रो दिन ललितपुरको पाटन दरबार क्षेत्रमामा प्रदर्शन गरिएको हो। 

फोटो प्रदर्शनीमा बालअधिकारको संरक्षण र प्रवर्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिका सम्बन्धी ६० वटा तस्वीरहरु राखिएको थियो।

 त्यस्तै,  सिविन प्राङ्गणमा आयोजना गरिएको  ३६औ वार्षिकोत्सव समारोहमा मानसिक अस्पताल लगनखेललाई सिविन–नेपाल राष्ट्रिय बालअधिकार सम्मान २०८०, बाट सम्मान गरिएको छ ।

सम्मानपत्र ग्रहण गर्दै मानसिक अस्पताल लगनखेलका अध्यक्ष मधुकर तुलाधर

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका माननीय अध्यक्ष तपबहादुर मगरले राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले प्रतिपादन गर्नु भएको र सिविन लगायत नागरिक समाजका संघसंगठनका सञ्जालहरूले आत्मसाथ गरी अगाडि बढाइरहेको “बालबालिका राष्ट्रिय गौरव हुन्” भन्ने अवधारणामा मानव अधिकार आयोगको ऐक्यवद्धता रहेको बताए ।

प्रमुख वक्ताका रूपमा नेपालको बालअधिकार आन्दोलनका प्रणेता एवम् सिविन–नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले, सिविन–नेपालको स्थापनासँगै गति पाएको नेपालको बालअधिकार आन्दोलनबाट मुलुकमा थुप्रै उपलब्धी हासिल भएको भएता पनि राष्ट्रिय गौरव बालबालिका माथिको लगानी बढाउनु पर्नेमा जोड दिए ।

यसैगरी राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बमबहादुर बानियाँले मुलकमा बालअधिकार अभियानलाई अझ सशक्त बनाउन सिविन जस्ता संस्थाको थप क्रियाशीलताको खाँचो औल्याँउनु हुँदै यस आन्दोलमा परिषदका तर्फबाट हरसम्भव सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।

सिविन बालिका शान्ति गृह पशथली तथा सिविन बालगृह पनौतीका चारजना भाइबैनीहरू मेलिना, रेलीमाया, रिना र हेमन्तले एक एक मिनटको सिर्जनात्मक प्रस्तुति मार्फत बालबालिकाका समस्या उजागर गर्दै समस्या समाधानका लागि सरोकारवालाहरूलाई आह्वान गरेका थिए ।

सिविनका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले बालसुधार गृहसम्बन्धी सिविन–नेपालको अध्ययन प्रतिवेदन मानव अधिकार आयोगका अध्यक्ष माननीय तपबहादुर मगर तथा राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बम बहादुर बानियाँलाई हस्तान्तरण गर्दै नेपालमा “बालअधिकार आन्दोलनका उपलब्धी तथा चुनौतीहरू” विषयमा आफ्नो धारणा राखेका थिए ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको