चिसो मौसममा रोग प्रतिरोधात्मक क्षमता बढाउन के-के खानेकुरा खाने ?

काठमाडौँ – जाडोमा मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र रोगको प्रकोप बढ्छ । यस मौसममा चिसो, खोकी र ज्वरोबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक हुन्छ ।

खाना र पेय पदार्थमा पाइने पोषक तत्त्वले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यदि तपाईंले आफ्नो आहारमा केही खानेकुराहरू समावेश गर्नुभयो भने, रोग प्रतिरोधात्मक क्षमता बलियो हुन सक्छ।

बेसारलाई रोग प्रतिरोधात्मक क्षमताका लागि राम्रो मानिन्छ । बेसारलाई ओस्टियोआर्थराइटिस र रुमेटोइड आरथाइटिस दुवैको उपचारमा इन्फ्लेमेटरीको रूपमा वर्षौँदेखि प्रयोग गरिएको छ। विज्ञका अनुसार अनुसार बेसारमा कर्क्युमिन नामक तत्त्व राम्रो मात्रामा पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ। जाडोमा दूधमा बेसार मिसाएर पिउन सकिन्छ ।

अदुवालाई पनि जाडोमा स्वास्थ्यका लागि वरदान मानिन्छ । अदुवाले घाँटी दुखाइ र खोकीबाट राहत प्रदान गर्न मद्दत गर्न सक्छ। यसले वाकवाकीमा पनि मद्दत गर्न सक्छ। अदुवामा क्याप्साइसिन नामक तत्त्व हुन्छ। अदुवाले पुरानो दुखाइलाई पनि कम गर्न सक्छ।

जाडोमा बदामलाई सुपरफुड मानिन्छ । यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । आहारविद्का अनुसार चिसो मौसममा रोग प्रतिरोधात्मक क्षमता बढाउन बदामको सेवन गर्न सकिन्छ । यस बाहेक यदि तपाईंले हरेक दिन सख्खर खानुभयो भने तपाईंको शरीरको रोगसँग लड्ने क्षमता बढ्छ र तपाई स्वस्थ रहनुहुनेछ। जाडोमा मह सेवन गर्नु पनि निकै फाइदाजनक मानिन्छ ।

लसुनलाई रुघाखोकीबाट बच्ने औषधि मानिन्छ । लसुनले खानाको स्वाद बढाउँछ र लामो समयदेखि औषधीको रूपमा प्रयोग हुँदै आएको छ। लसुन रोग प्रतिरोधी क्षमता बढाउन निकै प्रभावकारी मानिन्छ । यसमा धेरै औषधीय गुणहरू छन्, जसले शरीरलाई विभिन्न सङ्क्रमणबाट बचाउन मद्दत गर्दछ। जाडोमा लसुनको नियमित सेवन गर्न सकिन्छ ।

जाडोमा रोग प्रतिरोधी क्षमता बढाउन सिट्रस फलफूलको सेवन लाभदायक हुन्छ । यो मौसममा सबैले प्रशस्त फलफूल र तरकारी खानुपर्छ । यसमा भिटामिन सी र धेरै एन्टिअक्सिडेन्ट हुन्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। तपाईं सुन्तला, कागती, अङ्गुरको सेवन गर्न सक्नुहुन्छ।

सिफारिस

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य सम्पादन गरेको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले मध्यपुर थिमि नगरपालिकालाई "मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डू लिजेन्ड्स परिवारद्वारा जिरी नगरपालिकामा 'जिरी मेनिया २०२५' नामक भव्य कार्यक्रम आयोजना हुने भएको छ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

धेरै पढिएको