जेलमा रहेका बालकृष्ण खाणलाई कांग्रेसले गर्यो सम्मान

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउन संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका बालकृष्ण खाणलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ। पहिलो प्रदेश सम्मेलनका अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा पार्टी नेता खाणलाई कांग्रेसले सम्मान गरेको हो।

सम्मेलनका प्रमुख अतिथि सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मानपत्र उनका भाइसमेत रहेका रूपन्देही कांग्रेस सभापति रामकृष्ण खाणलाई हस्तान्तरण गरेका थिए। ‘राजनीतिक र आर्थिक रूपमा पहिले जहिल्यै पनि अभिभावकत्व गर्ने दाजु हाम्रा सामु यहाँ हुनुहुन्न। बालकृष्ण खाणज्यू, उहाँको सम्मानपत्र ग्रहण गरिदिन उहाँका भाइ एवं यस जिल्लाका पार्टी सभापति रामकृष्ण खाणजीलाई सम्मानपत्र ग्रहण गरिदिन अनुरोध गर्दछु,’ सम्मेलनमा उद्घोषकले भनेका थिए। सभापति देउवाको हातबाट बालकृष्णको सम्मानपत्र उनका भाइ रामकृष्णले ग्रहण गरेका थिए।

पूर्व गृहमन्त्रीसमेत रहेका बालकृष्ण कांग्रेस केन्द्रीय सदस्य छन्। नेपालीलाई भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा प्रहरीले गत वैशाख २७ गते निवासबाटै उनलाई पक्राउ गरेको थियो।

खाणमाथि गम्भीर अभियोग लागेकोले केन्द्रीय सदस्यबाट हटाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले माग गरे पनि सभापति देउवाले अदालतबाट अभियोग पुष्टि भइनसकेको भन्दै कुनै निर्णय गरेका छैनन्।

सिफारिस

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाउँदै १८ मन्त्रालय कायम गरेको छ । नयाँ मन्त्रालय बनेसँगै सिंहदरबारमा साइनबोर्ड...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जङ्ग केसीले जंगीअडास्थित टेनिस कोर्ट...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला उँभौली समापन गरिएको छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको साकेला ललितपुरको लुभुमा प्रकृतिपूजासहित समापन...

भर्खरै

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला...

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

धेरै पढिएको