प्रधानमन्त्री विदेश भ्रमणबाट फर्के लगत्तै उपप्रधानमन्त्री खड्का पनि घाना प्रस्थान

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का संयुक्त राष्ट्र संघको आयोजना हुने अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन आज घाना प्रस्थान गरेका छन्। प्रधानमन्त्री विदेश भ्रमण सकेर नेपाल आए लगत्तै उपप्रधानमन्त्री पनि विदेश लागेका हुन्।

संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही डिसेम्बर ५ देखि ६ तारिखसम्म हुँदै छ। सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्नेछन्।

सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट संयुक्त राष्ट्र संघ शान्ति स्थापनालाई सहयोग पुर्‍याउन सक्ने विभिन्न नौ वटा क्षेत्रका प्रतिबद्धता प्रस्तुत गरिनुका साथै शान्ति स्थापनासम्बन्धी समस्या तथा चुनौती र तिनको समाधानबारे प्रस्तुति र छलफल हुनेछ।

उपप्रधानमन्त्री खड्काले नेपालका तर्फबाट सम्बोधन गर्नुका साथै प्रतिबद्धता पनि व्यक्त गर्ने कार्यक्रम छ भने नेपाली टोलीका अन्य सदस्यले विभिन्न कार्यक्रममा भाग लिनेछन्।

सम्मेलनका अवसरमा उपप्रधानमन्त्री खड्कासँग संयुक्त राष्ट्र संघका उपमहासचिवहरु अतुल खारे, जिन पियरर ल्याक्क्रोइक्सले शिष्टाचार भेट गर्नेछन् भने अन्य मित्रराष्ट्रका रक्षा तथा सुरक्षा मन्त्रीहरुसँग भेटघाट तथा द्विपक्षीय सहयोगका विषयमा छलफल हुने कार्यक्रम छ।

सम्मेलनमार्फत नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा पुर्‍याएको योगदानबारे चर्चा हुने र नेपालको छवी थप उच्च हुने अपेक्षा गरिएको छ। नेपालका उपप्रधानमन्त्री स्तरको नेतृत्वमा हुने सहभागितालाई संयुक्त राष्ट्र संघले उच्च महत्त्व दिँदै सदस्य राष्ट्रका तर्फबाट वक्ताका रुपमा सहभागी गराउने गरी कार्यक्रम तय भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ।

सिफारिस

बेलायतको अल्डरसटमा नेपाली कलाकारले खोले सुनचाँदी शोरुम

काठमाडौं - बेलायतको अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामक सुनचादीको नयाँ शोरुम खुलेको छ । पछिल्लो समय बेलायतमा स्थायी रुपमा बसोबास गर्न थालेका गायक...

भृकुटीमण्डपमा आजदेखि सुरू पस्मिना प्रदर्शनीमा जे देखियो (तस्वीरहरू)

नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा आजबाट पस्मिना प्रदर्शनी सुरू भएको छ। माघ १२ गतेसम्म चल्ने मेलामा स्वदेशी उत्पादन र सेवाका साथै...

महालक्ष्मी बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण

काठमाण्डौं- विश्व फोटोग्राफी दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले आयोजना गरेको “महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २” को विजेतालाई पुरस्कार वितरण गरिएको छ । काठमाण्डौं,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भृकुटीमण्डपमा आजदेखि सुरू पस्मिना प्रदर्शनीमा जे देखियो (तस्वीरहरू)

नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा...

महालक्ष्मी बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण

काठमाण्डौं- विश्व फोटोग्राफी दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले आयोजना...

अमेरिका भ्रमणमा रहेका सांसद एकनाथद्वारा संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष याङसंग भेट

न्यूयोर्क - मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु...

कहाँ गए १५ जना प्रहरी ? ७ दिनभित्र हाजिर हुन निर्देशन

नेपाल प्रहरीको एकजना हवलदारसहित १५ जना प्रहरी कर्मचारी २...

बढुवा भएका प्रहरीका २५ एसएसपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौँ - नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक...

Oral hygiene and tooth brushing

"We should brush our teeth every day!"—I believe this...

धेरै पढिएको