यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। एनसेल प्रकरण छानविनको लागि समिति गठन गर्नेदेखि खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्ष नियुक्त गर्नेसम्मका निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको हो।

सञ्चारमन्त्रीसमेत रहेकी सरकारका प्रवक्ता रेखा शर्माका अनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविनका लागि पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ।

समितिमा सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आईसीएनका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन्।

त्यसैगरी बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकले विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन्।

सिफारिस

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयका पछाडि विभिन्न प्रशासनिक, कानुनी, नीति-नियम...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा इन्जिनीयर उज्ज्वल कोइराला मनोनित हुनुभएको छ। कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा आयोजना गरिने ‘५ औं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

धेरै पढिएको