राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेश र धादिङ शाखाको अधिवेशन: को- को भए निर्वाचित ?

धादिङ – राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) बागमती प्रदेशको अधिवेशनको दोस्रो अधिवेशन सम्पन्न भएकाे छ । नारायण सिलवालको अध्यक्षता र त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सर्वसम्मत पुनः नारायण सिलवालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

बुधवार धादिङको सल्यानटारमा सम्पन्न प्रदेश समितिको दोस्रो अधिवेशनले उपाध्यक्षमा नुवाकोटका राजेन्द्र गजुरेल, सचिवमा रामेछापका कुमार श्रेष्ठ, कोषाध्यक्षमा मकवानपुरका धर्मेन्द्र दाहाल, सहसचिवमा नुवाकोटकी केरिना शाक्य सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रदेश समितिको सदस्यहरूमा रामेछापका राज लोहनी, धादिङका सन्तोष श्रेष्ठ, चितवनका होमनाथ सापकोटा, सिन्धुलीकी अनु परियार, सिन्धुलीकै उद्दव श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरि आजै सम्पन्न भएको  धादिङ जिल्ला शाखाको अधिवेशनले पनि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
धादिङ जिल्ला शाखाको अध्यक्षमा मनिष दुवाडी सर्वसम्मत निर्वाचित भएका छन् ।

धादिङ जिल्ला शाखाको तेस्रो अधिवेशनले अध्यक्ष श्रेष्ठसहित उपाध्यक्षमा अनिल नेपाली, सचिवमा शिवराज आचार्य, सह–सचिवमा सीता सापकोटा(शीतल) र कोषाध्यक्षमा गजेन्द्र तामाङ निर्वाचित भएका छन् । सदस्यहरूमा मनिष श्रेष्ठ, बिनोद तमु, दिलिप श्रेष्ठ र प्रभु खड्का चयन भएका छन् ।

उक्त कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रिय समितिका पदाधिकारी सहित कार्य समितिका सदस्यहरू, बागमती प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधीहरु, विभिन्न पत्रकार संगठनका प्रमुख तथा पत्रकारहरु, त्रिपुरासुन्दरी गाउँपालिकाका उपाअध्यक्षसहितको सहभागिता रहेको थियो ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको