पनौतीबारे नकारात्मक सन्देश फैलिएपछि सरोकारवालाको आपत्ति, कसले के भने ?

काभ्रे- ‘पनौती’ शब्दलाई नकारात्मक र कुलक्षणको अर्थमा प्रयोग गर्न नहुनेमा सरोकारवालाले जोड दिएका छन् । काभ्रेको पनौती नगरपालिकामा आयोजित ‘सञ्चारकर्मी पनौती यात्रा एवं पर्यटन विमर्श’ विषयक अन्तर्क्रियाका वक्ताहरूले पुण्यभूमिका रूपमा रहेको पनौतीलाई गलत तरिकाले प्रयोग गर्न नहुने बताएका हुन् ।

काभ्रेको पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले भने, ‘भारतमा राजनीतिदेखि खेल जगतसम्म पनौतीलाई कुलक्षणका रूपमा प्रयोग गर्ने गरिएको छ, जुन हाम्रा लागि आपत्तिजनक छ । नेपालमै पनि नबुझेर पनौतीलाई नकारात्मक तरिकाले प्रयोग गरिनु झन् दुखद् पक्ष हो ।’

उनले पनौती इतिहास, संस्कृति, धर्मका दृष्टिले महत्त्वपूर्ण शहर रहेको बताए । घुम्न र यसको इतिहास अध्ययनका लागि विदेशीहरू धाएर आउने गरेको जानकारी मेयर भण्डारीले दिए । उनले भने, १५औँ शताब्दीमा निर्मित ब्रह्मायणी मन्दिर, गाउँको प्रमुख देवीका रूपमा रहेको छ । यहाँको त्रिवेणीमा तीन नदीहरू भेट हुन्छन् । रोशी, पुण्यमाता र सबैले देख्न नसक्ने रुद्रावती मिसिन्छन् ।’

नेपालमा असाध्यै प्रचलित पर्व, योमरी पूर्णे पनि पनौतीबाटै सुरु भएको उनले बताए । ऐतिहासिक शहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन स्थानीयदेखि केन्द्र सरकारबाट समेत पहल भइरहेको र चाँडै यसमा सफलता मिल्ने उनले विश्वास व्यक्त गरे । साथै आगामी दिनमा पनौतीको थप प्रचार गर्दै बढीभन्दा बढी पर्यटकमाझ यसलाई चिनाउने योजनामा काम गरिरहेको मेयर भण्डारीले जानकारी दिए ।

पनौती नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भीमप्रसाद आचार्यले पनौती पर्यटकीय स्थल मात्रै नभएर प्राचीन तीर्थस्थल पनि रहेको बताए । ’पन्ध्रौँ सोह्रौँ शताब्दीतिर लेखिएको मानिने काठमाडौं उपत्यकाको प्रसिद्ध तीर्थग्रन्थ नेपाल माहात्म्यअनुसार, १६६ पवित्र तीर्थस्थलहरूको सूचीमा पनौती नवौँ नम्बरमा पर्छ । यहाँ प्रत्येक १२ वर्षमा मकर मेला लाग्ने गरेको छ’, उनले भने ।

कार्यक्रमका वक्ता पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्मचार्यले ज्या पुन्ही, मकर मेला, योमरी पुन्ही, देवी नाच पनौतीका प्रमुख जात्राहरू रहेको बताए । पुराना ऐतिहासिक र पुरातात्मिक संरचनाहरू पनि रहेको उनले सुनाए । ‘ऐतिहासिक, पौराणिक दृष्टिले पनौती पुण्यभूमि हो । कुलक्षण होइन, पनौती त जीवन र धर्मसँग सम्बन्धित छ’, कर्मचार्यले भने ।

पनौतीले इतिहासदेखि नै आफ्नो एक विशिष्ट पहिचान बनाएको उनले बताए । यसैगरी स्थानीय पर्यटन व्यवसायी राजन थापाले पनौतीमा घुम्न सकिने ठाउँहरूबारे जानकारी गराए । ‘पनौतीमा पर्यटनको महत्त्व त छँदै छ । त्यसमा पनि साहसिक पर्यटनका लागि अति उपयुक्त ठाउँ हो । प्याराग्लाइडिङ, रक क्लाइम्बिङजस्ता खेल यहाँ गर्न सकिन्छ’, थापाले भने ।

कार्यक्रममा फोटोग्राफर प्रशान्त श्रेष्ठले सञ्चारकर्मीहरू पनौतीमा गर्न सकिने गतिविधिबारे जानकारी गराएका थिए । उनका अनुसार, पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेक (लोल्याण्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक, गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फूल्चोकी वरिपरि), वर्ड वाचिङ, योग रिट्रीट, सामुदायिक र निजी होमस्टे, तामा सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमणका लागि पनौती उपयुक्त गन्तव्य हो ।

पनौती नगर पुग्न काठमाडौंबाट मूलतः दुई बाटो छन् । साँगाबाट बनेपाहुँदै जाँदा ३२ किलोमिटर र ललितपुरको लुभू–लाकुरीभञ्ज्याङहुँदै जाँदा मात्र २२ किलोमिटरको यात्रापछि पनौती पुग्न सकिन्छ । यो नगर सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक विविधताले भरिएको छ । यहाँका बाटा र पुराना गल्लीहरूमा काष्ठकला तथा प्रस्तरकला देख्न पाइन्छ । यहाँको प्रकृति पनि कम मनमोहक छैनन् । पर्यटनको प्रबल सम्भावना बोकेको पनौतीमा मनोरम पहाड, खेत तथा हिमश्रृंखलाहरू नियाल्न सकिन्छ ।

सञ्चारकर्मी पनौती यात्रा एवं पर्यटन विमर्श
२०७५ सालयता क्रियटिभ जर्नलिस्ट ग्रुप र अन्नपूर्ण टाइम्स मिडियाको आयोजनमा हरेक वर्ष मूलधारका मिडियामा काम गर्ने पत्रकारहरूबीच एक पर्यटकीय क्षेत्रमा यस्तै सन्देशमूलक कार्यक्रम हुँदै आएको छ । पनौतीको गोरखनाथ मन्दिर क्षेत्रमा भएको कार्यक्रममा १ सय ५० भन्दा बढी सञ्चारकर्मी सहभागी थिए । अघिल्लो वर्ष काठमाडौंको शंखरापुरमा ‘मिडिया र समाज’ विषयक अन्तर्क्रियात्मक कार्यक्रम गरिएको थियो ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको