रामेछाप – संकटकाबेला सबैभन्दा बढि संचारकर्मी समस्यामा पर्ने भन्दै निर्माण व्यवसायी तथा युवा नेता चन्द्र कुमार वाइबाले समस्यामा परेका संचारकर्मीलाई सहयाेग गरिरहेका छन ।
काेराेना भाइरस काेभिट १९ काे संक्रमणकाे त्रासले देशभर लकडाउन गरिएकाे छ । यस्ताे संत्राससगै संकटलाई झेलेर जस्ताे सुकै परिस्थितिमा पनि सुचना प्रवाहमा संचारकर्मी अहाेरात्र खटिनु पर्छ । यसरी सुचना प्रवाहमा खटिने संचारकर्मीकाे समस्यमा मलम लगाउने काममा उत्रिनु भएका वाइबाले शनिबार रामेछाप जिल्लामा कार्यरत नेपाल अभियान अनलाइन पत्रिकाका समाचार संयाेजक रामचन्द्र विकलाइ घरभाडा स्वरुप १० हजार रुपैया उपलब्ध गराएका हुन् ।
वाइबाकाे सहयोग प्राप्त गरेसगै विकले भने आफूजस्ता धेरै पत्रकार समस्यामा रहेकाे र राज्यले ध्यान नदिएकाे बताउदै राज्यले ध्यान दिनुपर्ने माग गरे । व्यक्तिगत रुपमा सहयोग गर्ने वाइबालाई विकले धन्यबाद समेत दिए ।
सहयाेगी वाइबा मन्थली नगरपालिका १४ निवासी नेपाली कांग्रेसका जिल्ला सदस्य तथा युवा नेता हुन ।
यसअघि पनि वाइबाले केही पत्रकारकाे घरभाडा तिरिदिनुका साथै पत्रकारलाई प्रेस ज्याकेट उपलब्ध गराएका थिए ।