काठमाडौं – आजदेखि काठमाडौं उपत्यकामा लकडाउन केही खुकुलो भएको छ । सरकारले ४२ ओटा उद्योग संचालन गर्न दिएपछि उपत्यकाको लकडाउन केही खुकुलो भएको हो ।
आजबाट केहि सरकारी कार्यलयहरु खुलेका छन भने बैंक तथा विक्तिय संस्थाहरुले पनि पूर्णरुपमा सेवा प्रबाह गर्न पाएका छन । उनीहरुलाई कार्यलय जान र फर्किनका लागि स्थानिय प्रशासनले टायम कार्ड लागु गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालका अनुसार सरकारी कार्यालयका कर्मचारीहरू बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ ।
यस्तै बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्नेछ । ‘एक तिहाइ मात्र कर्मचारी जाने भनिएको छ । त्यसैले दिउँसोको समयमा सामान्यतया आवत जावत नगरौं भनेर समय तोकिएको हो’ ढकालले भने।
त्यस्तै, खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्नेछ । निमाण सामग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् ।
औषधि र खानेपानीको सवारी साधानको हकमा भने टाइम कार्ड लागू हुने छैन ।