रामेछाप – लकडाउनका कारण चैत ११ देखि वन्द रहेको रामेछापको जिल्ला सदरमुकाम आईतबार विहानबाट एकाएक खुलेका पसल केहि बेर पछि प्रहरीले वन्द गराएको छ । लकडाउनको अवधिमा अत्यावश्यक खाद्यान्न, तरकारी, दुधजन्य सामाग्री, औषधि पसल यस अघि विहान ६ देखि ९ बजे सम्म खुल्ने गरेका थिए ।
आईतबार भने होटल , चुरा पसल, फलाम तथा भाडावर्तन, स्टेसनरी, कपडा लगाएत सवै व्यवसायीले बजारमा सटर खुला गरेका थिए । खुलेका पसलमा लकडाउनमा अपनाउनु पर्ने दुरी कायम समेत गरीएको थिएन । लामो समय सम्म बजार वन्द हुदा व्यवसायीहरुको दैनिक गुजारामा समस्या परेको भन्दै रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारीले स्थानीय प्रशासन संग बैठक गर्ने तयारी गर्दै गर्दा व्यवसायीहरुले आफुखुसी व्यवसाय खोलेका हुन ।
व्यवसाय खोलेपछि महिनौ देखि वन्द भएको बजार गुल्जार भएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले बन्दाबन्दीमा बजार खोल्ने कुनै निकायको पनि निर्णय नभएकाले बजार खोल्ने कार्य उचित नभएको वताए । ‘यो उचित हुदै होईन समस्यै परेको व्यक्तिलाई अघिपछि पनि सामान खरिद गर्ने अवसर थियो’ पाठकले भने – तर सवै व्यवसाय खुल्दा सुरक्षित हुने विधि अपनाउन नसकिने भएकाले यसलाई कडाइ गर्नैपर्छ । पाठकले भने म अहिलेनै कडाई गर्न लाग्छु ।
यस अघि उनले प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा संग पनि छलफल गरेका थिए । त्यसको लगत्तै प्रहरीेले खुलेका पसल वन्द गराएको हो । अहिले वजार वन्द छ । बजार खुलेपछि खरीदका लागि सर्वसाधारण पसलहरुमा पुगेका देखिन्थे । व्यवसायीहरु भmण्डै दुई महिनामा आफ्ना सटर पुरै उघ्रिएकोमा प्रसन्न देखिन्छन् । यसअघि सिमित व्यवसायीहरुले खाद्यान्न विक्री गर्ने समयमा थोरै सटर उघारेर केहि सामान विक्री गर्ने गरेका थिए । त्यसलाई समेत स्थानीय प्रशासनले आंखा चिम्लिदिएको थियो ।
