आगामी बजेट स्वास्थ्य पूर्वाधार, रोजगारी र कृषि क्रान्तिमा आधारित हुने: अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गर्दै बजेट तथा कार्यक्रमको पहिलो प्राथमिकता स्वास्थ्य पूर्वाधार, रोजगारी सिर्जना तथा कृषि क्रान्तिमा आधारित हुने उल्लेख गरेका छन्।

खतिवडाले कोरोना महामारीका कारण उत्पन्न आर्थिक तथा सामाजिक समस्यालाई समाधान गरी दीगो पूर्वाधार निर्माण गर्न बजेट तथा कार्यक्रम केन्द्रित हुने जानकारी गराएका छन्।तत्काल कोरोना महामारीसँग जुध्न तथा भविष्यमा आउनसक्ने यस्तै प्रकोपसँग जुध्नका लागि आवश्यक स्वास्थ्य पूर्वाधार निर्माण सरकारको पहिलो प्राथमिकता भएको र आगामी वर्षको बजेट तथा कार्यक्रम पनि त्यसरी नै आउने उनले जानकारी दिए ।

सरकारको दोस्रो प्राथिमकता रोजगारी हुने छ। कोरोना महामारीपछिको अवस्थामा बेरोजगारी भयावह हुने विभिन्न प्रक्षेपण भइरहेका बेला सरकराको बजेट तथा कार्यक्रम पनि त्यसलाई न्यूनीकरणमा केन्द्रित हुने छ। स्वदेशमै गुमेको रोजगारी पुनरुत्थान गर्नेदेखि महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएकालाई स्वदेशमै रोजगारी सिर्जनाको अवसरका रुपमा सरकारले देखेको र सोहीअनुसार कार्यक्रम तय गरिने उनको भनाइ छ।

रोजगारी सिर्जनाका लागि सरकारको अर्को प्राथमिकता कृषि क्रान्ति गर्ने रहेको छ। कृषि क्रान्तिको विस्तृत मोडालिटी बजेट तथा कार्यक्रम पछि नै आउने भएपनि खतिवडाले कृषि क्रान्ति गरिने बताएका छन्।

हामीले रोजगारी सिर्जना तथा आत्मनिर्भरताका लागि कृषि क्रान्ति गर्नुपर्छ। त्यहीअनुसार आगामी वर्षको बजेट तथा कार्यक्रमहरु कृषिमा भूमी व्यवस्थापनदेखि पुँजी तथा प्रविधिमा सरकारले लगानी बढाउने छ’ उनले भने।सामूहिक खेती, भूमि बैंक र सबैमा भूमिको पहुँचका लागि सरकारले नीति बनाउने उनको भनाइ छ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको