आगामी बजेट स्वास्थ्य पूर्वाधार, रोजगारी र कृषि क्रान्तिमा आधारित हुने: अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गर्दै बजेट तथा कार्यक्रमको पहिलो प्राथमिकता स्वास्थ्य पूर्वाधार, रोजगारी सिर्जना तथा कृषि क्रान्तिमा आधारित हुने उल्लेख गरेका छन्।

खतिवडाले कोरोना महामारीका कारण उत्पन्न आर्थिक तथा सामाजिक समस्यालाई समाधान गरी दीगो पूर्वाधार निर्माण गर्न बजेट तथा कार्यक्रम केन्द्रित हुने जानकारी गराएका छन्।तत्काल कोरोना महामारीसँग जुध्न तथा भविष्यमा आउनसक्ने यस्तै प्रकोपसँग जुध्नका लागि आवश्यक स्वास्थ्य पूर्वाधार निर्माण सरकारको पहिलो प्राथमिकता भएको र आगामी वर्षको बजेट तथा कार्यक्रम पनि त्यसरी नै आउने उनले जानकारी दिए ।

सरकारको दोस्रो प्राथिमकता रोजगारी हुने छ। कोरोना महामारीपछिको अवस्थामा बेरोजगारी भयावह हुने विभिन्न प्रक्षेपण भइरहेका बेला सरकराको बजेट तथा कार्यक्रम पनि त्यसलाई न्यूनीकरणमा केन्द्रित हुने छ। स्वदेशमै गुमेको रोजगारी पुनरुत्थान गर्नेदेखि महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएकालाई स्वदेशमै रोजगारी सिर्जनाको अवसरका रुपमा सरकारले देखेको र सोहीअनुसार कार्यक्रम तय गरिने उनको भनाइ छ।

रोजगारी सिर्जनाका लागि सरकारको अर्को प्राथमिकता कृषि क्रान्ति गर्ने रहेको छ। कृषि क्रान्तिको विस्तृत मोडालिटी बजेट तथा कार्यक्रम पछि नै आउने भएपनि खतिवडाले कृषि क्रान्ति गरिने बताएका छन्।

हामीले रोजगारी सिर्जना तथा आत्मनिर्भरताका लागि कृषि क्रान्ति गर्नुपर्छ। त्यहीअनुसार आगामी वर्षको बजेट तथा कार्यक्रमहरु कृषिमा भूमी व्यवस्थापनदेखि पुँजी तथा प्रविधिमा सरकारले लगानी बढाउने छ’ उनले भने।सामूहिक खेती, भूमि बैंक र सबैमा भूमिको पहुँचका लागि सरकारले नीति बनाउने उनको भनाइ छ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको