काठमाडौँ- विराटनगरको कोभिड-१९ उपचार केन्द्रबाट दुई जना डिस्चार्ज भएका छन्। यो सँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ।
आइतबार दिउँसो झापाका एक र भोजपुरका एकजना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेमा भोजपुरका २७ वर्षीय युवक र झापा बाह्रदशी गाउँपालिकाका ६३ वर्षी वृद्ध छन्।
भोजपुरका युवक वैशाख १० र झापाका वृद्ध वैशाख १२ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए। लगातार तीन पटकसम्म स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई आइतबार दिउँसो डिस्चार्ज गरिएको कोभिड-१९ उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए।