काठमाडौं- नेपाल विद्यार्थी संघले विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका बसोबास गर्ने ७३ जना बिद्यार्थीहरुलाइ आइतबार खाद्यान्न सामाग्री वितरण गरेको जनाएको छ । संघले कोरोना संक्रमण र जारी लकडाउनका कारण अभावमा बाँचिरहेका विद्यार्थीहरुलाई राहत हस्तान्तरण गरेको हो ।
संघका महामन्त्रीद्धोय बलदेव तिमल्सिना र युवराज पाण्डे, पुर्व सहमहामन्त्री माधव ढकाल र पुर्व केन्द्रिय सदस्य रत्नहरि ढुंगेल लगायत विद्यार्थी नेताहरुले काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा राहत सामाग्री वितरण गरेका हुन् ।
काठमाडौंको मैतिदेवी , शंखमुल तथा भक्तपुरको सुर्यविनायक, सल्लाघारी , बोडे , सानोठिमी र लोकन्थलीमा डेरा गरि बसेका विद्यार्थीहरुलाई दाल, चामल, नुन, तेल तथा सावुन वितरण गरिएको महामन्त्री तिमल्सिनाले बताए । “स्थानीय विद्यार्थी नेता तथा पार्टी नेताहरुले राहत आवस्यक पर्ने विद्यार्थीहरुको पहिचान गरि उनीहरुक रोहवरमा राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको उनलेको भनाइ छ । राहत पाउने कतिपय विद्यार्थी साथीहरु दलित, अल्पसंख्यक तथा पिछडिएको समुदायका पनि हुनुहुन्छ” अर्का महामन्त्री पाण्डेले भने ।
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, महाधिवेशन प्रतिनिधि सुरेश श्रेष्ठ , नेविसंघ भक्तपुर जिल्ला अध्यक्ष राधे कार्की नेविसंघका नेताहरु तपेन खड्का भक्तपुर क्याम्पस अध्यक्ष प्रविण लाखे , स्ववियु सचिव विवेक लामिछाने, इकाइ सचिव जीत गिरि लगायतको उपस्तिथिमा सामाजिक दुरि कायम राख्दै राहत वितरण गरिएको नेविसंघ पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले बताए ।