काठमाडौं- चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पीसीआर परीक्षण किटसहितका अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी छन् ।