काठमाडौं – काठमाडौं र भक्तपुरमा तीन जना सहित थप २६ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आज मात्रै ८३ जनामा कोरोना पोजेटिभ देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार भक्तपुरका २५ वर्षकी महिला र २७ वर्षका पुरुष तथा काठमाडौंकी ३३ वर्षकी महिला सहित विभिन्न स्थानमा गरि २६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।