भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना पुष्टि

काठमाडौं – पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । ती २७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा स्थायी अस्थायीरुपमा बस्दै आएको बताइएको छ ।

ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ ।

स्रोतका अनुसार रावलको घरमा सुरक्षार्थ तैनाथ उनी वैशाख २ गते त्यहाँबाट निस्किएका थिए। श्रीमती बिरामी भएपछि उपचारका लागि गएका उनलाई यसबीचमा कोरोना भएको हो।

‘उनी वैशाख २ गते यहाँबाट निस्किएर गएका थिए। योबीचमा उनी केही अस्पतालमा पनि पुगेका थिए’, रावलका एकजना सहयोगीले भने, ‘उनी ड्युटीमा फर्किने भएपछि कोरोना परीक्षण गरिएको थियो। कोरोना पुष्टि भएपछि अहिले अस्पतालमा भर्ना गरिएको छ।’

यसैगरी भक्तपुरमा कोरोना संक्रमण देखिएका अर्की २५ वर्षीया महिला भक्तपुर सल्लाघारी बस्ने गरेकोमा पछिल्लो पटक नयाँठिमीस्थित प्रजित रेग्मीको घरमा बस्दै आएको खुलेको छ । उनलाई हिजै टेकु अस्पतालमा भर्ना गरिएको छ । ती महिलाको घर सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का भएको बताइएको छ ।

सिफारिस

सिंहदरबारमा प्रधानमन्त्री बालेनले गरे एकैपटक १७ देशका राजदूतसँग संवाद (तस्वीरहरू)

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग आज सामूहिक भेट र संवाद गर्नुभएको छ। ​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अर्को म्याद नथप्न परमादेश

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिएको छ । सोमबार...

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

काठमाडौं - नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अर्को म्याद नथप्न परमादेश

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी...

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

काठमाडौं - नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले...

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौँ - सरकारले पेट्रोलियम पदार्थको असहजताका कारण सातामा दुई...

सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा (तस्वीरहरू)

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा भएको...

शान्त र सुन्दर नागदह (तस्वीरहरू)

नागदह ललितपुर महानगरभित्र अवस्थित एक शान्त र रमणीय प्राकृतिक...

हाँडीगाउँमा यसरी मनाइयो गहना खोज्ने जात्रा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा...

धेरै पढिएको