राजश्वको दर निर्धारण गर्न खाँडादेविमा छलफल

रामेछाप-खाँडादेवि गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि राजश्वको दर र दायरा विस्तार गर्नेे विषयमा छलफल थालेको छ ।
गाउँपालिकाकी उपप्रमुख मखमली श्रेष्ठको अध्यक्षतामा खाँडादेविमा मंगलबार भएको बैठकमा गाउँपालिकाले हाल सम्म कायम गरेका राजश्वका दर र अवस्थाका बारेमा विश्लेषण समेत भएको थियो । छलफलमा राजश्वको दर र दायरा फराकिलो वनाउनका लागि वृहद छलफल गर्ने निर्णय समेत भएको छ ।
स्थानीय सरकार संचालन ऐन बमोजिम स्थानीय सरकारले सेवा, वस्तु र सम्पत्तिमा लगाउदै आएको कर, असुलीको अवस्था र भावि दिनमा गर्न परिवर्तन गर्न सकिने दर र दायराका विषयमा बैठकमा सुझावहरु संकलन भएका थिए । रामेछाप उद्योग वाणिज्य संघका सचिव सुरेश उदासले कोरोनाले विश्व अर्थतन्त्र आक्रान्त भएको बेला स्थानीय सरकारले नागरिक र व्यवसायीलाई उच्च करको भार लगाउनु नहुने सुझाव दिएका छन् । ‘अहिले कोरोनाले व्यवसायमा मन्दि छ, नागरिकहरु घर भित्रै छन् ’ उदासको सुझाव थियो – यस्तो अवस्थामा गत बर्ष लगाएको कर र दस्तुरमा पनि सकिन्छ भने परिमार्जन गरौं ।
गाउंपालिकाका अध्यक्ष प्रेमवहादुर तामाङले राजश्वको दर भन्दा पनि दायरा बढाउनु पर्ने वताए । उनले अहिले तोकेको दर बमोजिमको दस्तुर कडाईका साथ उठाउने हो भने मनग्ये आर्जन गर्न सक्ने अवस्था रहेको वताए । पालिकाले केहि समयमा सवै वडाहरुलाई व्यवस्थित बनाउने अभियान थालेको छ । तामाङले भने – वडामा कर्मचारीको स्थायी पूर्ति र सफ्टवेयरको निर्माण गर्ने काम सकिए पछि आम्दानी बढ्ने अवस्था छ ।
प्रमुख प्रशासकिय अधिकृत महाप्रसाद दंगालका अनुसार पालिकाले चालु आर्थिक बर्षको यो अवधि सम्म जम्मा ३३ लाख ६३ हजार ६ सय २४ रुपैया आम्दानी गरेको छ । यसमा ढुंगा गिट्टीको आम्दानी समावेश गरीएको छैन । पालिकाले आम्दानीको सवैभन्दा बढी सिफारीसबाट ८ लाख ८३ हजार र दण्ड जरीवानाबाट ८ लाख आम्दानी गरेको छ । पालिकाले डोजर र ट्यांकर, हाटकर, अन्य विक्री, उद्योग व्यवसाय दर्ता, पञ्जिकरण र भुमिकर असुल्दै आएको छ । ठुलो भूगोल ओगटेको गाउँपालिका भएपनि यस बर्ष भूमिकर भने जम्मा ३ लाख ६० हजार मात्रै असुल भएको तथ्यांकमा उल्लेख छ ।

सिफारिस

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउन लागेका...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव बन्यो। प्रकृतिको काखमा बसेको यो सहर न त केवल आँखाको आनन्दका लागि उपयुक्त छ, न...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

धेरै पढिएको