तिब्बती मूलका शेर्पा समुदायले मनाए ग्याल्पो ल्होसार (तस्वीरहरू)

काठमाडौं – नेपालमा बसोबास गर्दै आएका तिब्बती मूलका शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाएका छन्। काठमाडौंस्थित तिब्बती क्याम्पमा विशेष पूजा गर्दै समुदायका सदस्यहरूले नयाँ वर्षको स्वागत गरेका हुन्।

ग्याल्पो ल्होसार तिब्बती पात्रोअनुसार नयाँ वर्षको शुभारम्भको अवसर हो, जसलाई विशेष गरी शेर्पा, भोटे, तामाङ, गुरुङलगायत हिमाली समुदायहरूले उत्साहपूर्वक मनाउने गर्छन्।

यस अवसरमा ललितपुरको एकान्ताकुनामा रहेको तिब्बती क्याम्पमा धार्मिक अनुष्ठान, प्रार्थना तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। समुदायका अग्रजहरूले परम्परागत विधिअनुसार लामाहरूको आशीर्वाद लिँदै सुख, शान्ति र समृद्धिको कामना गरेका थिए।

नेपालमा बसोबास गर्दै आएका तिब्बती मूलका नागरिकहरूले आफ्नो मौलिक संस्कृति जगेर्ना गर्दै ग्याल्पो ल्होसार मनाउँदै आएको इतिहास छ। पर्वको अवसरमा विशेष खानपान, पारम्परिक नृत्य र सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो।

 

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाउँदै १८ मन्त्रालय कायम गरेको छ । नयाँ मन्त्रालय बनेसँगै सिंहदरबारमा साइनबोर्ड...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जङ्ग केसीले जंगीअडास्थित टेनिस कोर्ट...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला उँभौली समापन गरिएको छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको साकेला ललितपुरको लुभुमा प्रकृतिपूजासहित समापन...

भर्खरै

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला...

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

धेरै पढिएको