लकडाउनले अप्ठयारोमा पारेकालाई महाकुलुङ गाउँपालिकाको राहत

सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाले काठमाण्डौं उपत्यकामा रहेका ७०० भन्दा बढी आफ्ना स्थानीय गाँउपालिका बासीहरुलाई राहत वितरण गरेको छ । बैशाख २८ गते मात्र ६५२ परिवारलाई राहत बाडेको पालिकाले २९ गते सम्ममा ७०० भन्दा बढीलाई राहत बाडेको हो ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नको लागि सरकारले लामो समय गरेको लकडाउनको कारण काठमाण्डौं उपत्यकामा अप्ठयारोमा परेका आफ्ना ५ वटै वडाका नागरिकहरुलाई गाँउपालिकाले राहत वितरण गरेको हो । गाँउपालिका अध्यक्ष सागर किराँतीको नेतृत्वको टोली सो राहत वितरण गर्न ठमाण्डौं उपत्यका आएका हुन् ।
टोलीले प्रति परिवार १ बोरा चामल, ४ केजी दाल र १ लिटर तेल राहतको रुपमा वितरण गरिएको हो । आफूले सोचेभन्दा बढी र गुणस्तरयुक्त राहत पाएपछि काठमाडौमा रहेका महाकुलुङवासीहरुले गाउँपालिकाको नेतृत्व,कर्मचारी र स्वयमसेवकहरुप्रति खुलेरै आभार प्रकट गरेका थिए ।

उपत्यकाका धुम्बाराही,कपन,गोकर्ण,नयाँबस्ती,,टोखा, जावलाखेल, किर्तिपुर,बाफल,कलङ्की, बुढानिलकन्ठ,जडीबुटी, चावाहिल तथा बानियाटार लगायतका विभन्न स्थानहरुमा राहत वितरण गरिएको थियो। यो भन्दा अगाडी अति नै समस्यामा परेका ६४९ जनालाई उद्धार गरी पालिकाकै खर्चमा गाउँ लगिएपछि बाँकी काठमाडौंमा नै बस्न बाध्य भएकाहरुलाई खोजीखोजी राहत दिइएको हो ।

गाउँपालिकाको कोरोना भाईरस विपत कोष तथा जनप्रतिनिधि एवम कर्मचारीहरुको तलब भत्ताबाट जम्मा भएको रकमले राहत वितरण गरिएको हो । जनप्रतिनिधि हरुको एक महिना एक दिन,प्रशासन अधिकृतको १२ दिन,अधिकृत तह भन्दा मुनीको कर्मचारी तथा शिक्षकहरुको १० दिन र वडाका सबै अध्यक्ष तथा कर्मचारीहरुको तलबसमेत राहत कोषमा जम्मा गरी राहत वितरण गरिएको गाउँपालिका प्रमुख सागर किराँतीले बताए ।

राहत कोषमा वडा नं ३ का अध्यक्ष डेक बहादुर कुलुङले आफ्नै स्वईच्छाले सबैभन्दा बढी तीन महिनाको आफ्नो पारिश्रमिक जम्मा गरेका थिए । स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको हकमा कुनै पनि तलब नकटाउने नि र्णय गरेपनि महाकुलुङ स्वास्थ्य संयोजक हरि प्रसाद आर्चाय र अनमी उमा देवी राईले भने स्वघोषित रुपमा ७ दिनको तलब कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

राहत साच्चिकै पीडित र दुखीहरुको हातमा पुग्न सकुन भनेर पालिका कर्मचारीसहितको टोली लिएर आफूहरु काठमाडौं आएको प्रमुख सागर किराँतीको भनाई थियो । प्रमुख किरातीसहित, प्रमूख प्रशासकीय अधिकृत लबुन राई, २ नं वडा अध्यक्ष प्रदिप कुलुङ,लेखा अधिकृत, नारायण काजी बस्नेत,पशुपन्छी सेवा शाखा प्रमूख डा. बिर्खराज कुलुङ लगायतका टोलीहरु काठमाडौं आएका हुन् ।

समन्वय गर्नको लागि काठमाडौमा स्वयमसेवकको रुपमा संकल्प किराती दिलिपसिंह कुलुङ प्रेम कुलुङ,कुमार जीत कुलुङ, शरद कुलुङ,, शुक्रमणि कुलुङ, रेणुका कुलुङ, कान्छामान कुलुङ, टार्जन कुलुङ ,विकास कुलुङ, दिवस कुलुङ,गणेश कुलुङ,दत्त सिह कुलुङ,खड्ग नारायण कुलुङ लगायत रहेका थिए ।
गोकर्णलगायतका केही केन्द्रहरुमा एउटै परिवारबाट ३/४ जनाले राहत लिएको जानकारी आएपछि स्वयमसेवकहरुले परिचयपत्र चेकजाँचमा कडाई गरेका थिए ।

राहत लिनको लागि आफ्नो परिचय खुल्ने सरकारी कागजात अनिवार्य गराइए पनि एउटै घर वा कोठा परिवारमा दुई वा दुईभन्दा बढी नागरिकता भएको र उनीहरुको बुवाको नामसहितको पारिवारिक विवरण बन्दाबन्दी र समय अभावको कारण मिलान गर्न नसक्दा खराब नियत भएकाहरुले सरकारको नियम विपरित फाईदा लिएको स्वयमसेवक शुक्रमणि कुलुङले बताए ।

आफूहरु आफ्नो नागरिकहरुको उद्धार कार्यको लागि एउटा स्वयमसेवकको रुपमा रहेर काम गर्न पाउदा साह्रै खुसी भएको पर्यटन व्यावसायी दिलिपसिहं कुलुङले बताए । यो सङ्कटको अवस्थामा गाउँपालिकाले प्रशंसा गर्न योग्य काम गरेर जनताको मन जितेको बताउदै गाउँपालिका लगायत आफ्नो सहकर्मी स्वयमसेवक मित्रहरु सबै जना धन्यवाद व्यक्त गरे।

सिफारिस

आलोचना बढेपछि भौतिकमन्त्री दाहालले सार्वजनिक गरे २०० दिनको प्रगति

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफ्नो २०० दिनको आफ्नो प्रगति सार्वजनिक गरेका छन्। मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले...

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal) चरा भेटिएको छ। ललितपुरको नागदहमा हालै प्रताप गुरुङ र गंगाराज सुनुवारले यस चरालाई क्यामेरामा कैद...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal)...

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

धेरै पढिएको