काठमाडौं : काठमाडौँ महानगरपालिकामा काम गर्ने ३१ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ। शुक्रबार गरिएको र्यापिड डाइगोनेस्ट परीक्षणमा ३१ जानाको पोजेटिभ देखिएको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमु्ख नरेन्द्र विलास बज्राचार्यले बताए। पोजेटिभ देखिएका अधिकांस सफाइ कर्मचारी रहेको उनले बताए।
आज ६६४ जनामा आरडीटी टेस्ट र २६८ जनामा पीसीआर विधिबाट परीक्षण गरिँदा आरडीटी गरिएका ६६४ जनामध्येबाट ३१ जनामा कोरोना पोजेटिभ आएको हो । पीसीआरकाे रिपोर्ट भने आउन बाँकी छ ।
‘हामीले आज सफाई कर्मचारी, चालक र स्वास्थ्य स्वयम सेवकको कोरोना परिक्षण गरेका हौँ,’ उनले भने, ‘परीक्षण गरिएको मध्ये ३१ जनामा पोजेटिभ देखिएको छ। जसमा सफाई कर्मचारी र महिला स्वायमसेविकालाई देखिएको छ।’