अन्तर-संसदीय सभामुख सम्मेलनको महासचिवमा सांसद एकनाथ ढकाल नियुक्त

सियोल, कोरिया -पूर्व मन्त्री तथा संघीय सांसद एकनाथ ढकाललाई संसदीय कूटनीति र अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन गर्ने उद्देश्यसहित गठन गरिएको ‘अन्तर-संसदीय सभामुख सम्मेलन (ISC)’ को महासचिवमा नियुक्त गरिएको छ। नेपालको लागि यो नियुक्ति कूटनीतिक दृष्टिले एक महत्वपूर्ण कोशेढुङ्गा मानिएको छ।

ISC ले अप्रिल ११, २०२५ मा दक्षिण कोरियाको सियोलमा आफ्नो उद्घाटन सभा आयोजना गरेको थियो, जसमा विश्वभरका झण्डै ४० राष्ट्रका सभामुख, सांसद तथा अन्य प्रतिनिधिहरू सहित १५० जना सहभागी रहेका थिए। सोही सम्मेलनको पूर्ण सत्रमा पाकिस्तान सिनेटका वर्तमान अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सैयद युसुफ रजा गिलानीले ढकालको महासचिव पदमा मनोनयनको घोषणा गरेका थिए। गिलानी स्वयं ISC का संस्थापक अध्यक्षमा निर्वाचित भएका छन्।

सांसद ढकालको यो उच्चस्तरीय नियुक्तिले नेपाललाई जलवायु परिवर्तन, शान्ति, तथा दिगो विकास जस्ता विश्वव्यापी चुनौतीहरूलाई संसदीय कूटनीति मार्फत सम्बोधन गर्ने अवसर दिलाएको छ। यसले नेपाललाई विश्व मञ्चमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर समेत प्रदान गरेको छ।

सम्मेलनमा नेपालका तर्फबाट सांसद सुनिता बरालले सहभागी भई मन्तव्य राखेकी थिइन्। कार्यक्रममा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान की मुन, दक्षिण कोरियाका उप-सभामुख ली ह्याकयोङ, बुसान महानगरपालिकाका मेयर हेओङ-जुन लगायतको उपस्थिति थियो। संयुक्त राष्ट्र महासभाका अध्यक्ष महामहिम फिलेमोन याङ र अन्तर-संसदीय संघ (IPU) का महासचिव महामहिम मार्टिन चुङगोङले भने सभालाई भर्चुअल रूपमा सम्बोधन गरेका थिए।

ISC ले अन्तर्राष्ट्रिय सहयोगलाई प्रवर्द्धन गर्ने, अन्तर-सरकारी र संसदीय संस्थाहरूसँग सहकार्य गर्ने, तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्ने लक्ष्य लिएको छ। सियोल सम्मेलनले विश्वव्यापी संवादको एउटा नयाँ प्लेटफर्मको सुरुवात गरेको छ, जहाँ नेपालले केन्द्रीय नेतृत्वको भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सिफारिस

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीहरूको अनुहारमा थकान झल्किरहेको थियो। तर, यही व्यस्त सहरको एक कुनामा एक...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

धेरै पढिएको