बढेन कर्मचारीको तलब, महँगी भत्ता भने बृद्धि

आर्थिक वर्ष २०८२–८३ को बजेटमा कर्मचारीको तलब बृद्धि भएन । महँगी भत्ता भने तीन हजार रुपियाँले बृद्धि गरी पाँच हजार रुपियाँ बनाइएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद बैठकमा बजेट प्रस्तुत गर्नुहुँदै सो जानकारी गराउनुभएको हो । कर्मचारी सम्बद्ध सङ्घ संस्थाले आगामी आर्थिक वर्षदेखि कर्मचारीको तलब थोरै भए पनि वृद्धि गर्नुपर्ने माग राखे पनि आर्थिक स्रोत व्यवस्थापन गर्नुपर्ने भएकाले तलब वृद्धि गर्न नसकिएको अर्थमन्त्री पौडेलले जानकारी गराउनुभयो ।

उहाँका अनुसार संस्थानको व्यवस्था सुधार गर्न जमिनको स्वामित्व नेपाल सरकारमै राख्ने नीति लिइने उहाँले बताउनुभयो । सोहीअनुसार जनकपुृर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, हेटौडा सिमेन्ट उद्योग लगायतका उद्योगको अध्ययन गरी सरकारी लगानी बढाइने उहाँले जानकारी गराउनुभयो ।

त्यस्तै, संस्थानमा आर्थिक भार पर्नेगरी विदेश भ्रमणमा रोक लगाइएको अर्थमन्त्री पौडेलले जानकारी गराउनुभयो । संविधानले निर्दिष्ट गरेबमोजिम खर्च मितव्ययी बनाउन नीति तर्जुमा गरिने उहाँले बताउनुभयो ।

सिफारिस

यस्तो छ राष्ट्रिय गौरवको सुनकोशी–मरिण ड्राइभर्सन आयोजनाको पछिल्लो अवस्था (तस्वीरहरू)

काठमाडौँ - जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले राष्ट्रिय गौरवको सुनकोशी–मरिण ड्राइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ, हेडवक्स र पावरहाउसको स्थलगत निरीक्षण गर्नुभएको छ। १३.२ किलोमिटर लामो...

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेटमा जलविद्युत र सिँचाइ पूर्वाधारलाई उच्च प्राथमिकता

काठमाडौं, जेठ १६ – सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रु. ८६ अर्ब १ करोड बजेट विनियोजन गरेको...

अर्थमन्त्री पौडेलले ल्याए १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट अनुमान...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

अर्थमन्त्री पौडेलले ल्याए १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी...

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँको टुँडिखेलमा गणतन्त्र दिवस मनाइएको छ ।...

जन्मकैदको सजाय भोगिरहेका कांग्रेस नेता आलमलाई उच्च अदालतले दियो सफाइ

ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका नेपाली कांग्रेसका नेता एवं...

ऊर्जामन्त्री खड्कासँग अमेरिकी राजदूतको भेट, यी विषयमा भयो छलफल

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका...

Mirrors Of Truth

There it is, a one year old girl being...

धेरै पढिएको