बढेन कर्मचारीको तलब, महँगी भत्ता भने बृद्धि

आर्थिक वर्ष २०८२–८३ को बजेटमा कर्मचारीको तलब बृद्धि भएन । महँगी भत्ता भने तीन हजार रुपियाँले बृद्धि गरी पाँच हजार रुपियाँ बनाइएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद बैठकमा बजेट प्रस्तुत गर्नुहुँदै सो जानकारी गराउनुभएको हो । कर्मचारी सम्बद्ध सङ्घ संस्थाले आगामी आर्थिक वर्षदेखि कर्मचारीको तलब थोरै भए पनि वृद्धि गर्नुपर्ने माग राखे पनि आर्थिक स्रोत व्यवस्थापन गर्नुपर्ने भएकाले तलब वृद्धि गर्न नसकिएको अर्थमन्त्री पौडेलले जानकारी गराउनुभयो ।

उहाँका अनुसार संस्थानको व्यवस्था सुधार गर्न जमिनको स्वामित्व नेपाल सरकारमै राख्ने नीति लिइने उहाँले बताउनुभयो । सोहीअनुसार जनकपुृर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, हेटौडा सिमेन्ट उद्योग लगायतका उद्योगको अध्ययन गरी सरकारी लगानी बढाइने उहाँले जानकारी गराउनुभयो ।

त्यस्तै, संस्थानमा आर्थिक भार पर्नेगरी विदेश भ्रमणमा रोक लगाइएको अर्थमन्त्री पौडेलले जानकारी गराउनुभयो । संविधानले निर्दिष्ट गरेबमोजिम खर्च मितव्ययी बनाउन नीति तर्जुमा गरिने उहाँले बताउनुभयो ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको