भारतबाट आएका एक युवकको क्वारेन्टिनमा मृत्यु

काठमाडौँ- बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासी स्वास्थ्य असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए।

उनका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्यु भएको थियो।

क्वारेन्टिनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको बताए।

कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिसकिएकाले आजै रिपोर्ट आउने उनको भनाइ छ।

एकैदिन आठ सङ्क्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २६३ जनाको शनिवार स्वाब सङ्कलन गरिएको छ।

सिफारिस

ईक्यानको केन्द्रीय सदस्यमा नवराज नेपालको उम्मेदवारी

काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान–ECAN) को आगामी २०औँ साधारणसभा तथा महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने तयारी तीव्र बनेको छ। वर्तमान अध्यक्ष शेषराज भट्टराई...

काठमाडौँको चोभारबाट देखिएको पूर्ण कदको चन्द्रमा (तस्वीरहरू)

काठमाडौँ — पौष शुक्ल पूर्णिमाका दिन काठमाडौँको चोभारबाट पूर्ण कदको चन्द्रमा मनमोहक रूपमा देखिएको छ। हिउँदे मौसमका कारण आकाश सफा रहेकाले चन्द्रमाको दृश्य अझ...

पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल

हालै सम्पन्न नेकपा (एमाले)को ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि ईश्वर पोखरेल सार्वजनिक कार्यक्रममा उत्तिसारो देखिएका छैनन् । विजयी सबैलाई बधाई दिएपछि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँको चोभारबाट देखिएको पूर्ण कदको चन्द्रमा (तस्वीरहरू)

काठमाडौँ — पौष शुक्ल पूर्णिमाका दिन काठमाडौँको चोभारबाट पूर्ण...

पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल

हालै सम्पन्न नेकपा (एमाले)को ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा...

भक्तपुरको त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला सुरु (तस्वीरहरू)

भक्तपुर- भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एक महिनासम्म सञ्चालन हुने...

मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन, वर्षमा एकपटक मृगौला जाँच गराउनू : डा. बज्राचार्य

काठमाडौं  विश्वव्यापी रूपमा करिब ८५ करोड मानिस मृगौला (किड्नी)...

वैदेशिक रोजगारीको क्षेत्रमा अन्तरिम सरकारले गर्नसक्ने धेरै काम छन् : डा.जीवन बानियाँ

काठमाडौं - वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि सामाजिक...

महिला नेतृत्व, युवा सहभागिता र पार्टी अनुशासनमा एमाले अघि छ – डा. टीका ढकाल

काठमाडौं - नेकपा एमालेको ११ औँ महाधिवेशनबाट अत्याधिक मतसहित...

धेरै पढिएको