पोखरा नेपाल युके फाउण्डेशनको सहयोगमा पोखरा सांगीतिक कलाकार संघद्वारा राहत वितरण

पोखरा – पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा पोखरा साँगितिक कलाकार संघले दोस्रो दिनको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । संघले पोखरा महानगरपालिका वडा नम्बर ६ बैदामका ५३ घरपरिवारका लागि राहत खाद्यान्न वितरण गरेको हो । ‘हामीले पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा गरिव तथा विपन्न परिवारका लागि राहत वितरण गरेका हौं’ पोखरा सांगितिक कलाकार संघका अध्यक्ष संगीतकार सुनिल थापाले भने ‘पोखरा नेपाल युके फाउण्डेशन युकेका अध्यक्ष भिम महेन्द्र गुरुङ्ग र जगत गुरुङ्गको सहयोगमा पोखराका २ वडामा राहत वितरण गरियो । संघले स्थानिय र जनप्रतिनिधीसंग सहकार्य गरि राहत पाउनुपर्ने विपन्न परिवारको पहिचान गरेर खाद्यान्न राहत वितरण गरेको जनाइएको छ ।

पोखरा–६ लेकसाइडका बिभिन्न क्षेत्र गरि ५३ परिवारका लागि आज राहत वितरण गरिएको थियो । जसमा जरेबर, नारेश्वर क्षेत्रमा १६ परिवार, बाराही चोक क्षेत्रमा २४ परिवार तथा सेन्टरपोइन्ट क्षेत्रमा १३ परिवारका लागि राहत वितरण गरिएको हो । नेपालको प्रमुख पर्यटकिय गन्तब्य पोखराको पर्यटकिय केन्द्र लेकसाइडका होटल तथा रेष्टुरेण्ट लकडाउन र कोरोनाका कारण पुर्णरुपमा बन्द रहेका छन् । रेष्टुरा र होटल बन्द भएपछि यहाँ आश्रित मजदुरहरुलाई यतिबेला संकट परेको छ । राहतले उनीहरुलाई थोरै भए पनि मल्हम लगाउन सहयोग पुग्ने संघका सदस्य गायक बिनोद बानियाले बताए । नेपाल कोरोना भाइरसको विश्वव्यापी महामारीको चपेटामा परि ५२ दिन देखि लकडाउनको अवस्था रहेको छ ।

लकडाउनका कारण दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरुलाई परेको मर्कालाई मध्यनजर गर्दै राहत वितरण गरिएको अध्यक्ष थापाले बताए । खाद्यान्न राहत ३ तहमा विभाजन गरि वितरण गरिएको छ । राहतमा एक बोरा चामल, दाल, तेल, नुन, सोयाविन, मसला, तथा साबुन गरि एउटा सामान्य परिवारलाई २५ दिन गुजारा चल्ने गरि वितरण गरिएको संघका सचिव राजेन्द्र अधिकारीले जानकारी दिए । यस अघि संघले पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा पोखरा महानगरपालिका –३, नदिपुर कोपिलढुङ्गाका ५२ विपन्न परिवारका लागि राहत वितरण गरिसकेको छ ।

संघले आवश्यकता अनुसार पोखराका विभिन्न स्थानमा राहत वितरणको कार्यक्रम राखेको संघका अध्यक्ष थापाले जनाए । पोखरा युके फाउण्डेशन युकेले हरेक विपत्तीमा सहयोग गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङ्ग र जगत गुरुङ्गको पहलमा पोखरा सांगीतिक कलाकार संघले राहत वितरण गरेको हो ।

सिफारिस

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित...

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, देशभर विविध कार्यक्रमहरू गरी दिवस मनाइदैछ। वि.सं. १९८४ बैशाख १३ गते गोरखापत्रमा पहिलोपटक समाचारमूलक...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

धेरै पढिएको