पोखरा नेपाल युके फाउण्डेशनको सहयोगमा पोखरा सांगीतिक कलाकार संघद्वारा राहत वितरण

पोखरा – पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा पोखरा साँगितिक कलाकार संघले दोस्रो दिनको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । संघले पोखरा महानगरपालिका वडा नम्बर ६ बैदामका ५३ घरपरिवारका लागि राहत खाद्यान्न वितरण गरेको हो । ‘हामीले पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा गरिव तथा विपन्न परिवारका लागि राहत वितरण गरेका हौं’ पोखरा सांगितिक कलाकार संघका अध्यक्ष संगीतकार सुनिल थापाले भने ‘पोखरा नेपाल युके फाउण्डेशन युकेका अध्यक्ष भिम महेन्द्र गुरुङ्ग र जगत गुरुङ्गको सहयोगमा पोखराका २ वडामा राहत वितरण गरियो । संघले स्थानिय र जनप्रतिनिधीसंग सहकार्य गरि राहत पाउनुपर्ने विपन्न परिवारको पहिचान गरेर खाद्यान्न राहत वितरण गरेको जनाइएको छ ।

पोखरा–६ लेकसाइडका बिभिन्न क्षेत्र गरि ५३ परिवारका लागि आज राहत वितरण गरिएको थियो । जसमा जरेबर, नारेश्वर क्षेत्रमा १६ परिवार, बाराही चोक क्षेत्रमा २४ परिवार तथा सेन्टरपोइन्ट क्षेत्रमा १३ परिवारका लागि राहत वितरण गरिएको हो । नेपालको प्रमुख पर्यटकिय गन्तब्य पोखराको पर्यटकिय केन्द्र लेकसाइडका होटल तथा रेष्टुरेण्ट लकडाउन र कोरोनाका कारण पुर्णरुपमा बन्द रहेका छन् । रेष्टुरा र होटल बन्द भएपछि यहाँ आश्रित मजदुरहरुलाई यतिबेला संकट परेको छ । राहतले उनीहरुलाई थोरै भए पनि मल्हम लगाउन सहयोग पुग्ने संघका सदस्य गायक बिनोद बानियाले बताए । नेपाल कोरोना भाइरसको विश्वव्यापी महामारीको चपेटामा परि ५२ दिन देखि लकडाउनको अवस्था रहेको छ ।

लकडाउनका कारण दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरुलाई परेको मर्कालाई मध्यनजर गर्दै राहत वितरण गरिएको अध्यक्ष थापाले बताए । खाद्यान्न राहत ३ तहमा विभाजन गरि वितरण गरिएको छ । राहतमा एक बोरा चामल, दाल, तेल, नुन, सोयाविन, मसला, तथा साबुन गरि एउटा सामान्य परिवारलाई २५ दिन गुजारा चल्ने गरि वितरण गरिएको संघका सचिव राजेन्द्र अधिकारीले जानकारी दिए । यस अघि संघले पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा पोखरा महानगरपालिका –३, नदिपुर कोपिलढुङ्गाका ५२ विपन्न परिवारका लागि राहत वितरण गरिसकेको छ ।

संघले आवश्यकता अनुसार पोखराका विभिन्न स्थानमा राहत वितरणको कार्यक्रम राखेको संघका अध्यक्ष थापाले जनाए । पोखरा युके फाउण्डेशन युकेले हरेक विपत्तीमा सहयोग गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङ्ग र जगत गुरुङ्गको पहलमा पोखरा सांगीतिक कलाकार संघले राहत वितरण गरेको हो ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको