काठमाडौँ – प्रदेश १ मा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । थपिनेमा दुई मोरङ र एकजना धनकुटाका छन् ।
मोरङको विराटनगरकी एक महिला र एक पुरुष साथै धनकुटाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुग्यो
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना पुष्टि भएको बताईएको छ । प्रदेश १ मा कोरोना भाइरस पुष्टि भएकाको जम्मा संख्या ३९ पुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।