रामेछाप- रामेछाप जेसिजले जिल्लामा कार्यरत ट्राफिक प्रहरी र पत्रकारलाई एन -95 मास्क वितरण गरेकाे छ ।
काेराेना भाइरस काेभिट १९ काे संक्रमणले देश अाक्रान्त भएकाे बेला जाेखिम माेलेरै अाफ्नाे कार्यमा तल्लीन ट्राफिक प्रहरी र पत्रकारलाई मास्क वितरण गरिएकाे छ ।
जिल्लामा कार्यरत ट्राफिक प्रहरीका लागि जिल्ला ट्राफिक प्रहरीका प्रमुख रामेश्वर पाण्डेलाई ११ थान , प्रत्रकार महासंघका अध्यक्ष रमेश ढुङ्गेललाई २० थान र उद्योग बाणिज्य संघ रामेछापमा कार्यरत कर्मचारीहरुका लागि ५ थान गरि ३६ थान मास्क रामेछाप जेसिजका उपाध्यक्ष विमल पाैडेलले हस्तान्तरण गर्नुभएकाे छ ।
काेराेनाकाे उच्च जाेखिमका बाबजुद अाफ्नाे पेशाबाट विचलित नभइ काम गर्न हाैसला प्रदान गर्नका लागि उक्त मास्क प्रदान गरिएकाे जेसिज रामेछापका उपाध्यक्ष ज्ञानु श्रेष्ठले बताउनु भयाे । जेसिजले यस अघि जिल्ला सदरमुकाम मन्थलीमा संचालित अस्पतालहरुमा स्वास्थ्य सुरक्षा सामाग्री सहित थर्मगन हस्तान्तरण गरेकाे थियाे ।