काठमाडौँ- ५७ जना कोरोना संक्रमितहरु रहेका बाँकेको नरैनापुर गाउँपालिकाका क्वारेन्टाइनबाट नेपालगन्जको आइसोलेसन वार्डमा आउन नमानेपछि तनाव बढेको छ । उनीहरु नेपालगन्ज नजाने अडान लिएपछि सुरक्षा अधिकारीहरु समस्यामा परेका छन् ।
संक्रमितहरुलाई राखिएको स्थान वरपर करिब ५ सय स्थानीयहरु जम्मा भएर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै घर पठाउन दबाब दिइरहेका छन् ।
संक्रमितहरुलाई लिन नेपालगन्जबाट एम्बुलेन्स पुगिसकेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले बताए । संक्रमितहरु भाग्न नदिन प्रहरी परिचालन गरिएको छ । तर मंगलबार साँझसम्म ल्याउन नसके भाग्न सक्ने खतरा बढेको एक सुरक्षा अधिकारीले बताए ।