दाजु-भाई मिलेर आफ्नै बाबुको हत्या

काठमाडौँ- विराटनगर महानगरपालिका–१४ झटियाईका ५५ वर्षीय सत्यराम चौहानको हत्या उनकै दुई छोरा मिलेर गरेको खुलेको छ। जेठो छोरो २९ वर्षीय रोहित र माइलो २६ वर्षीय नागेन्द्र चौहानले मिलेर बाबुको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले गत शनिबार राति ८:३० बजेतिर हत्या गरेपछि दुवै जनाले घरभित्रै खाल्डो खनेर शव तन्नाले बेरेर गाडेको पत्ता लागेको जानकारी दिए। उनकाअनुसार घटना भएको चार दिनपछि घरभित्रै पुरेको अवस्थामा बुधबार साँझ सत्यरामको शव भेटिएको छ।

सत्यराम तीन छोरामध्ये जेठो रोहितसँग आफ्नै घरमा बस्दै आएका थिए। माइलो छोरो नागेन्द्र बिहे गरेर श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे। प्रहरीकाअनुसार तीन वर्षदेखि वेपत्ता रहेका कान्छो छोरो सोमकुमार परिवारको सम्पर्कमा छैनन्। जेठो र माइलो दुवै छोरा ज्याला मजदुरी गर्छन्। ‘गत शनिबार जेठो रोहित कामबाट फर्किए। त्यत्तिकैमा माइलो नागेन्द्र पनि दाजु र बुवा बस्ने घरम आइपुगे,’ प्रहरी स्रोतले भन्यो, ‘त्यत्तिकैमा रोहितसँग सत्यरामको विवाद सुरु भयो। विवादले उग्ररुप लिएपछि रक्सीको नसामा रहेका दुवै छोरा मिलेर हत्या गरेको खुल्यो।’
रोहितले काम गरेर कमाएको पैसाले कपडा र जुत्ता किनेर लगेपछि बाबुसँग विवाद सुरु भएको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘बाबुले आफूलाई पनि पैसा चाहियो भनेर मागेपछि जेठो छोरो रोहितले छैन भन्ने जवाफ दिएछन्,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘त्यसपछि बाबु सत्यरामले रोहितलाई घरबाटै निकालिदिन्छु भनेपछि विवादले उग्ररुप लिएको पाइयो।’ बाबुले घरबाटै निकालिदिने चेतावनी दिएपछि नजिकै रहेको फरुवाले टाउकोमा पहिलो पटक रोहितले प्रहार गरेपछि बाबु ढलेको र त्यसपछि नागेन्द्रले पनि बाबुलाई आक्रमण गर्न सघाएको प्रहरीको भनाइ छ। प्रहरी स्रोतले भन्यो, ‘सुरुमा फरुवाले दाजुले प्रहार गरे र त्यसपछि भाईले पनि थपेपछि बाबुको मृत्यु नै भयो।’
‘बाबुको मृत्यु नै भएपछि घटनाका बारेमा बाहिर कोही कसैले थाहा नपाउन् भनेर घर भित्रै गाड्ने सल्लाह दाजु–भाईले गरे,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने,‘त्यसपछि बाबु सुत्ने खाटको साइटमा खाल्डो खन्दै शव पुरेछन्।

शव पुर्नका लागि बाबुको हत्यामै प्रयोग गरेको फरुवाले खाल्डो खनेको पनि प्रहरीको भनाइ छ। ‘शव व्यवस्थापनका लागि बाहिर निकालेमा गाउँलेले थाहा पाएर घटना सार्वजनिक हुने थियो,’ प्रहरीले सोधपुछ गर्ने क्रममा रोहितले भने, ‘त्यही भएर घरभित्रै खाल्डो खनेर शव गाडिएको हो।’ छोराहरुले सत्यरामको हत्या राति गरे पनि शव भने आइतबार बिहान उज्यालो भएपछि मात्रै गाडेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले गाडेको स्थानबाट शव उत्खनन् गर्दै पोस्टमार्टमका लागि कोसी अस्पताल ल्याएको छ। सत्यरामको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा शव रहेको छ। प्रहरीले दुई/तीन फिट जति गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शव फेला पारेको थियो। बाबुको हत्यामा संलग्न दाजु–भाई विरुद्ध भने कर्तव्य ज्यान मुद्दा चलाउन गम्भीर रुपमा घटनाको अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी राईले दिए।

सिफारिस

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिम सम्पन्न गरेको छ।...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत ‘शिक्षा तथा स्वास्थ्य समता कर’ तत्कालका लागि लागू नगर्ने निर्णय गरेको...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

भर्खरै

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

धेरै पढिएको