त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनाग्रस्त

काठमाडौँः दिउँसोको खाजा खाएर कर्पोरेट टावर’को नवौँ तलास्थित अन्नपूर्ण पोस्ट् दैनिकको कार्यालयमा जानका लागि हामी लिफ्ट चढ्नुपूर्व लिफ्टमा आएको प्राविधिक समस्याका कारण केहीबेर हामी भुइँतलामै रोकियौं । लिफ्टभित्र पसेपछि मेरो मनमा ‘लामो समयसम्म लिफ्टभित्रै बन्द हुनुपरे कस्तो असहज हुँदो हो’ भन्ने चिसो पसेको थियो ।

खाजा खान जानुअघि लिफ्टमा नै मित्र शिवप्रसाद तिवारीसँग ‘जतिखेर जेपनि हुनसक्छ’ भन्दै मैले मृत्युको प्रसंगसमेत उप्काएको थिएँ। उनले मृत्युबारे निरन्तर चिन्तन गर्नु ठीक नभएको बताएका थिए। जीवन अनिश्चित भएकाले प्रत्येक पल खुसीपूर्वक जिउनुपर्छ भन्ने मेरो तर्क थियो।

हामी नवौं तलामा पुग्दा अनलाइनबाहेकको कार्यकक्ष खाली देखियो । भर्याङबाटै अन्नपूर्ण टावरका धेरैजसो कामकाजी व्यक्तिहरू हस्याङफस्याङ गर्दै छततर्फ उक्लिरहेका थिए । तीमध्ये कसैले भन्यो ‘त्रिभुवन विमानस्थलमा आगलागी भयो ।’

मलाई लाग्यो– सेनाले आगलागीसम्बन्धी कुनै ‘नक्कली अभ्यास’ ग-यो या सडक या कतिपय अवस्थामा सरकारी कार्यालयमा बेलाबेला मान्छेहरूले प्लास्टिक बालेजस्तै एयरपोर्टमा पनि कसैले फोहरको गुर्दुम बाले ! दुविधामा रहँदै पनि झोलाको क्यामरा हत्तपत्त लिएर छतमा पुगें ।

नभन्दै त्रिभुवन विमानस्थलको आकाशमा कालो धुवाकोँ बाक्लो मुस्लो छुटेको देखियो । मैले क्यामरा अन गरेँ, कुनै बेला क्याम्पसमा फोटोग्राफी पढाए पनि न म व्यावसायिक फोटोग्राफर थिएँ न भिडियोग्राफर । मैले आगलागीका मुस्लोका केही तस्वीर र भिडियो पनि खिचें । तर त्यतिखेरसम्म कुनै पनि स्रोतले विमानस्थलमा विमान दुर्घटना भएको जानकारी दिएको थिएन, विमानस्थलमा के भयो भनेर आधिकारिक रूपमा प्रयास लगाउने कोशिस गर्दैथियौं ।

तर पनि मैले आगोको मुस्लोलाई जुम गरिरहें । मुस्लोतर्फ जुम गर्दागर्दै दृश्यमा एक पुरुष देखिए, तिनको पोशाक हेर्दा ती उद्दारक या सुरक्षाकर्मीजस्ता देखिन्थेनन् । ती खोच्याउँदै विमानस्थलको धुवाँबाट भाग्दैजस्तो देखिए । उनी सुरक्षित स्थलतर्फ लाग्दैगर्दा उनको अघि केही मान्छेका टाउका पनि थपिए ।

तर भिडियोमा देखिएको धुँवाको बाक्लो मुस्लोबीच उनीहरू एकाएक दृश्यबाट हराए । यो सब खिच्दै गर्दा मेरो मनमा ती मान्छेहरूबारे कुनै चासो थिएन । तर क्यामराबाट भिडियो कम्प्युटरमा उतारेपछि मलाई लाग्यो– वास्तवमा उनीहरू कोको थिए ? ती कता हराए ? उद्धार भएका २५ मा त परे कि परेनन् ?

भिडियो हेर्नुहोस्

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको