राहत वितरण गर्न घर–घर पुगेकी थिइन् भक्तपुरकी कोरोना संक्रमित जनप्रतिनिधि

काठमाडौं – भक्तपुरकी ४२ वर्षीया कोरोना संक्रमित महिला वडा नम्बर ९ की जनप्रतिनिधि भएको खुलेको छ । उनी वडा नम्बर ९ की वडा सदस्य हुन ।

राहत वितरणलगायतका काममा सक्रिय ती महिलामा राहत वितरणकै क्रममा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्ने र उहाँको सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गर्न लागिएको छ ।

उनको घरमा श्रीमान र छोराछोरी छन् । उनी मुटुको बिरामी थिइन् । विगतमा उनको ओपन हार्ट सर्जरी गरिएको थियो । त्यसैले उनले घरमै बस्ने र अस्पताल नजाने इच्छा गरेकी थिइन् । अस्पतालमा जस्तो सावधानी घरमा नहुने भनेर सम्झाएपछि उनी अस्पताल जान तयार भएकी छन् ।

भक्तपुरकी प्रजिअ पाण्डेले भनिन्, ‘सुरुमा म घरमै बस्छु भन्नु भएको थियो तर सबैको सल्लाहअनुसार पाटन अस्पताल लगिएको छ ।’

स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका सार्वजनिक गरेको संक्रमितहरुको विवरणमा भक्तपुर नगरपालिका ९ की ४२ वर्षीया महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडाैं- काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा गरिएको छ। प्रत्येक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन हरेक बर्ष ५ सय ४ कुमारी...

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित भएका छन्। विधायन व्यवस्थापन समिति सभापतिमा तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा सोमबार...

चिटिक्क विश्वकर्मा बाबाको मूर्ति (तस्वीरहरू)

काठमाडौं - भोलि विश्वकर्मा पूजा। ललितपुरको गुसिंगालमा वर्षौदेखि देवी देवताका मूर्ति बनाउने कलाकारहरू विश्वकर्माको मूर्ति बनाएर बजार पठाउँन व्यस्त देखिन्छन्। बनाएका मूर्तिको आकारअनुसार ८ हजार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित भएका छन्। विधायन व्यवस्थापन...

चिटिक्क विश्वकर्मा बाबाको मूर्ति (तस्वीरहरू)

काठमाडौं - भोलि विश्वकर्मा पूजा। ललितपुरको गुसिंगालमा वर्षौदेखि देवी...

सहकारी प्रकरणमा रवि लामिछाने दोषी ठहर, के होला कारबाही ?

सहकारीमार्फत आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको भन्दै...

आज मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा

काठमाडौँ – सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले...

८ महिनामै सरुवा भए बालेनका सारथि प्रदिप परियार

काठमाडौं - सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप...

धेरै पढिएको