रामेछाप- लकडाउनका समयमा जाेखिम माेलेर काममा खटिने रामेछापका ट्राफिक प्रहरीका लागि मन्थलीका स्थानीय युवाहरुले शनिबार स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएकाे छ ।
काेराेना भाइरस काेभिड १९ काे संक्रमणलाइ नियन्त्रणमा लिनकाे लागि देशभर लकडाउन गरिएकाे छ । काेराेना संक्रमण दिनानुदिन फैलिरहेका बेला जाेखिम माेलेरै अाफ्नाे काममा खटिएका ट्राफिक प्रहरीलाइ हुन सक्ने जाेखिमलाई मध्यनजर गरेर काेराेना संक्रमणबाट जाेगाउनका लागि स्थानीयले प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएकाे हाे । त्रिवेणी दर्शन यातायात प्रालि मन्थलीका अध्यक्ष सुदिप थापा र मन्थली ३ कठजोरका युवा प्रदिप रोक्काले व्यक्तिगत खर्चमा उपलब्ध गराएकाे स्वास्थ्य सुरक्षा सामाग्री ट्रेड युनियन काँग्रेस रामेछापका अध्यक्ष पूर्ण सुवेदीले शनिबार जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेलाई हस्तान्तरण गर्नुभएको छ
।
जिल्लाका विभिन्न स्थानमा कार्यरत पाँच जना ट्राफिक प्रहरीलाई उक्त सामग्री उपलब्ध गराएकाे हाे । सुरक्षा सामाग्रीमा पिपिई सेट ५ थान, माक्स ५ थान र चश्मा पाच थान उपलब्ध गराइएको त्रिवेणी दर्शन यातायात प्रालिका अध्यक्ष सुदिप थापाले जानकारी दिनुभयो ।