जात नमिल्नेसँग प्रेम गरेको भन्दै गाउँलेको कुटाइबाट १ युवकको मृत्यु, ६ वेपत्ता

काठमाडौँ –  रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ। नवराजसँग गएका ६ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।

१२ जना युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ। नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो।

सुष्माकै आग्रहमा नवराज १९ जना युवा लिएर जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए।

केटाहरु आएको खबर पाएपछि सुष्माकी आमाले हल्ला गरेकी थिइन्। त्यसपछि भेला भएका गाउँलेहरुको कुटपिटबाट नवराजको मृत्यु भएको प्रनाउ श्रेष्ठको भनाइ छ। गाउँहरुले लखेट्दा अन्य छ युवा वेपत्ता रहेको उनको भनाइ छ।

सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए।

जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वीकार गरिएको केही तथ्यले थाहा हुन आएको प्रहरीको भनाइ छ।

सिफारिस

कालापानी-लिपुलेक भारतको हो भन्ने मेटमणि चौधरीलाई पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । यसअघि प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा चौधरीले कालापानी-लिपुलेक भारतको...

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ। बिहीबार पोखरास्थित श्रेष्ठको क्लिनिकबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागुऔषध...

भारतीय कम्युनिस्ट पार्टीका महासचिवको निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ। उनी करिब दुई सातादेखि दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको...

भारतीय कम्युनिस्ट पार्टीका महासचिवको निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२...

तोकिएको लक्ष्य हासिल गर्ने गरि काम गर्न मन्त्रीहरूलाई निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई...

तिम्बुङ ट्रेल रन: पाँचथरका विशाल राई भए प्रथम

तिम्बुङ ट्रेल रनमा पाँचथर फिदिम–१४ का विशाल राई प्रथम...

नेपाल प्रहरीका तीन डीआईजीको सरुवा

नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरुको सरुवा...

माधव नेपालले पुष्पलाल प्रतिष्ठानलाई निजी सम्पत्तिझैं कब्जा गरे : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

धेरै पढिएको