काठमाडौं- वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजमा मृत्यु भएका ७० वर्षीय पुरुषमा मृत्यु भएको ८ दिनपछि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ती पुरुषको जेठ ४ गते नै मृत्यु भएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पुष्टि गरे ।
उहाँको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।