काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
सोमबार अपरान्ह ५:३० बजे प्रधानम्नत्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। आजै अपरान्ह ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन्।