काठमाडौं । सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ मा एक जना, वडानम्बर २ एक महिलासहित पाँचजना, वडानम्बर ३ मा एकजना पुरुष, वडानम्बर ६ मा एकजना पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै भेरीगंगा नगरपालिका-८ मा १६ र १७ वर्षीय दुईजना पुरुषमा र सिम्ता गाउँपालिका-४ मा ३५ र ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जजनाएको छ ।