रामेछाप – रामेछापमा गरिएकाे र्यापिट (RDT) परीक्षणमा पोजेटिभ रिपोर्ट आएका मध्ये चारजनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । रामेछापकाे विभिन्न स्थानमा गरिएकाे आरडिटी परिक्षणमा पोजेटिभ देखिएकाहरुकाे स्वाब परिक्षणका लागि टेकु पठाएको ६ दिनपछि आज ४ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए ।
स्वाब परिक्षणमा पठाएकाहरुमा अन्य ४ जनाकाे भने स्वाब परिक्षण रिपोर्ट आउँन बाँकि रहेको जानकारी दिए । यसैगरि मंगलबार पनि जिल्लाकाे विभिन्न स्थानमा गरिएकाे र्यापिट टेष्टमा पाेजेटिभ देखिएकाे ४ जनाकाे स्वाब परिक्षणका लागि काठमाडौ पठाईएकाे छ भने याे सगै ८ जनाकाे स्वाब परिक्षण रिपोर्ट आउन बाकी रहेकाे कर्णले बताए ।