सुनको भाउ प्रतितोला ८६ हजार नाघ्यो

काठमाडौं – सुनको भाउ प्रतितोला ८६ हजार १ सय रुपैयाँ पुगेको छ।  नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले दुई महिनापछि नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारण गरेको हो । गत चैत ११ गतेबाट सरकारले बन्दाबन्दी घोषणा गरेपछि नेपालका सुनचाँदी विक्रेताहरूले सुनको मूल्य निर्धारण गर्न बन्द गरेका थिए। यसबीचमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निकै उतारचढाव आइसकेको भए पनि नेपाली बजारमा भने यसको मूल्यांकन हुन नसक्दा अन्यौलता बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

बन्दाबन्दी सुरु हुनुअघि १० चैतमा प्रतितोला ७७ हजार रुपैयाँ तोकिएको थियो। यसरी नेपाली बजार बन्द हुँदै गर्दा सुनको भाउ नौ हजारभन्दा धेरैले महँगिइसकेको छ। यो मूल्य नेपाली बजारमा प्रकाशित मूल्यमध्ये हालसम्मकै उच्च पनि हो।

कोरोना भाइरस संक्रमणको महामारीले सुरुवाती समयमा सुनको मूल्य ओरालो लागेको थियो। त्यसबेला प्रतिऔंश १७०३ अमेरिकी डलरसम्म पुगेको सुनको भाउ १० दिनपछि १४६४ डलरमा झरेको थियो। उक्त न्यूनतम विन्दुमा झरेको भोलिपल्ट बाउन्सब्याक भएर सुनको मूल्य प्रतिऔंश १४९८ डलरमा उक्लिएको थियो। सोही मूल्यलाई आधार मानेर नेपाली बजारमा १० चैतको मूल्य निर्धारण भएको थियो।

 

सिफारिस

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

भर्खरै

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

धेरै पढिएको