कोरोनासंगै अर्को महामारी रोक्न ‘सलह किरा’को पूर्व नियन्त्रणमा लागौं

करिब ३ दशक अघि नेपालमा पनि बुढापाकाले ल ‘सलह किरा’ आयो,सुर्य ढाकेर आयो,मध्यदिनमा नै रात पर्यो भन्ने गर्थे ,त्यो भन्दा २० गुणा ठुलो र खतरनाक सलह किराको भागेदार अहिले विश्व परिरहेको छ। अफ्रिकाको प्रकोपको रुपमा उत्पती लिएको भनिएको किरा सलह अहिले सिमालिया,केन्या,तान्जेनिया गर्दै साउदी अरब (जहाँ पेनिनसुलालमा भयको ठूलो बर्षा बाट प्रजनन भयको मानिन्छ ) ,पाकिस्तान हुँदै भारतका विभिन्न राज्यहरु राजस्थान,गुजरातमा ठूलो भोकमरीको समस्या निम्ताउनको लागि यो बिस्तार हुँदै आएको छ ।

कोरोनाले महामारी फैलाए जस्तै सलह किराले महामारीसंगै भोकमरीको महासंकट जन्माउन सक्छ,विशेष गरि गहुँ ,तोरि,कपास,मकै,मसला लगायत अन्य बालिलाई हानी पार्ने गर्दछ। सलह फटयांग्रोको एक प्रजाती हो, यो एक किसिमको फौजी किरा भएता पनि यसको असर धेरै मात्रामा देखिएको पाइन्छ, यो समुहमा बस्ने,लामो दुरिमा उड्ने प्रजाती यो हरिया सबै बोटबिरुवालाई सखाप पार्दछ, करोडौंको सङ्ख्यामा हुने यो छोटो समयमा पात डाठ गरेर सबै बिरुवा खाइदिन सक्छ।
दिनप्रतिदिन जलबायु परिवर्तन हुँदै जानु ,जलस्रोतका मुहानहरु सुख्खा हुनु, वनजङ्गल फडानी हुनु, हाँस,माकुरा,छेपारो ,सर्प जस्ता यसको सत्रु जिवको नष्ट हुनु नै यसको उत्पति र बिस्तार मानिएको छ। सयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनले यसलाइ सलह ( locust) किराको नाम दिएको छ। संगठनका अनुसार यसले दिनमा २ ग्राम भन्दा बढी खाने,१ बर्ग कि मि मा ८-१० करोड संख्यामा हुने र ३५००० मानिसलाइ पुग्ने खाद्यान्न नष्ट गर्न्र गर्दछ।

एक दिनमा करिब १००-१३५ कि.मि टाढा उड्ने किरा हेर्दा पहेलो फटयांग्रो जस्तो,सानो सिङ भएको अमेरिकी फौजी किरा भन्दा खतरनाक र महासकट निम्ताउने सम्भावना रहेको छ। बिरुवाका पातहरु खाएर हाँगा र बोक्रा समेत सखाप पार्ने सलह रातमा आराम गर्न दिनमा देखा पर्ने र बिस्तार हुने गर्दछ। बिज्ञहरु भन्छन अमेजनमा बर्षा बिहिनमा रुपान्तरण हुनु,जैविक विविधता नष्ट हुनुले अहिले यसको संख्या ८ हजार टाइम्स बढेको छ।

१० दिन देखि नै अन्डाबाट बच्चा ,१ देखि ३ महिनामा बयस्क र ४-५ महिनासम्म पूर्ण बयस्कको उमेर हुने गर्दछ ,यसले प्राय बालुवामा अण्डा पार्दछ, सामान्यतया ३ पटकसम्म यो कार्य गर्दछ। अहिले देखा परेको ठाउँमा १० हजार भन्दा बढी हेक्टरमा बिषादि  छर्किएको छ, तर त्यो कार्य कुरु क्षेत्रको लडाइ जस्तै हो। विभिन्न ड्रोन,मेसिनको प्रयोग गरियतापनि यसको नियन्त्रण भने हुन सकेको छैन।

यदि हामीले पनि समयमा यसको नियन्त्रण गर्न सकिएन भने पक्कै पनि कृषि क्रान्तिको राष्ट्र भोकमरीमा परिणत हुन सक्छ।

नियन्त्रणका उपायहरु
क)नेपाल सरकारले प्रत्येक प्रदेशमा plant क्वारेन्टाइन र बिषादी नियन्त्रण केन्द्र संचालनमा ल्याउनु पर्दछ ।
ख)अफ्रिका,साउदी ,पाकिस्तान र भारत मा फैलिएको रुटको अध्ययन अनुसन्धान गरि नियन्त्रणको उपाय अपनाउनु पर्छ ।
ग) कृषि मन्त्रालय ,कृषि कार्यालय,सम्पुर्ण कृषि संकायको एकीकृत रुपमा किरा विशेषज्ञ हरुको समन्वय समिती बनाएर नियन्त्रणलाई जोड दिनुपर्छ।
घ) खेतबारीमा नियन्त्रणको लागि
-किरा समुहलाई हटाउनको लागि आगो बाल्ने,धुवा उडाउने,हावाको प्रभाव परिवर्तन गर्ने
-चरा,सर्प,छेपारो,भगेरा,माकुरा जस्ता जिबित शत्रुको प्रयोग गर्ने
-बोट बिरुवामा लसुन पानी प्रयोग गर्ने,पातमा पिठो दल्ने
-ULV को प्रयोग बाट बायुमण्डलमा डिस्ट्रब सिर्जना गर्ने
-विभिन्न स्रोत र साधनको प्रयोगबाट ध्वनि उत्पादन गरेर ट्राक खलबल गराइदिने
-रासायनिक रुपमा-डाइजिनन,फ्रीपिनिल,मालाथिन,र अफ्रिकाको जस्तै Green musle प्रयोग गर्ने।

यदि यो कुरा हामीले समयमा सोचेनौ भने कोरोनासंगसंगै भोकमरीले सताउने छ, त्यसैले बेलामा नै सचेत बनौं ।

जय कृषि ,जय देश
सुजन सापकोटा
कृषि बिद्यार्थी ,कृषि तथा बन बिज्ञान बिश्व विद्यालय 

सिफारिस

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले जापानका फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी आज काठमाडौंको...

भर्खरै

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

धेरै पढिएको