काठमाडौँ- मिचिएको नेपाली भूमी फिर्ताको माग राख्दै डाक्टर गोविन्द केसीले दार्चुलामा दुई दिने सत्याग्रह सुरु गरेका छन् । मंगलबार बिहान १० बजे खलंगाको जगन्नाथ मन्दिर गल्फैमा पत्रकार सम्मेलन गर्दै केसीले भूमि फिर्तालगायतका तीन बुँदे माग राख्दै सत्याग्रह सुरु गरेका हुन् ।
सीमा क्षेत्रलगायत सबै नागरिकको समृद्धी, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँच लागि आफूले सत्याग्रह सुरु गरेको उहाले बताए । उनले स्वास्थ्य, शिक्षा र रोजगारीलगायतका माग पनि उठाएका छन् । भारतले अतिक्रमण गरेको नेपाली भूमी कालापानी, लिपुलेक र लिम्यिाधुरा क्षेत्रमा गएर दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका उनले भौगोलिक कठिनाइका कारण सो क्षेत्र पुग्न नसकेको बताए ।
डा. केसी दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर बझाङ, बैतडी हुँदै दार्चुला पुगेका हुन् ।
