काठमाडौं- कर्णाली प्रदेशका थप २९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै सो प्रदेशमा कूल संक्रमितको संख्या दुई सय ६२ पुगेको छ ।
मंगलबार प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर परीक्षण गर्दा सुर्खेत, दैलेख, सल्यान र अछामका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
