कोही भोकै रहने अवस्था आए राज्यको सम्बन्धित निकायसम्म खबर पुर्याइदिनुहोस् : केपी ओली

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले कोही भोकै रहने अवस्था आए राज्यको सम्बन्धित निकायसम्म खबर पुर्याइदिन सवैमा अपिल गरेका छन् । दोस्रो विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो अपिल गर्नुभएको हो ।

खान नपाएकै कारण ज्यान जाने अवस्थाको हामीले अन्त्य गरेका छौं । खानेकुरा नभएर बालबालिकाले सडकमा माग्दै हिंड्नु पर्ने अवस्थाको अन्त्य गरी तिनीहरुको ब्यवस्थापन गरेका छौं । यदाकदा कोही भोकै रहने अवस्था आए राज्यको सम्बन्धित निकायसम्म खबर पुर्याइदिन पनि यस अवसरमा सबैमा आह्वान गर्दछु, प्रधानमन्त्री ओलीले भने ।

यस्तो छ प्रधानमन्त्री ओलीको सन्देश

आज जून ७ का दिन हामी विश्वव्यापी रुपमा दोस्रो विश्व खाद्य स्वच्छता दिवस मनाउँदै छौँ । यस अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष जून ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेअनुसार सन २०१९ देखि हरेक वर्ष विश्वव्यापी रुपमा मनाइने यस दिवसलाई हामीले नेपालमा पनि विभिन्न कार्यक्रमहरुका साथ मनाउँदै आइरहेका छौँ । कोरोना भाइरसको महामारीले अहिले विश्व कठीन मोडबाट गुज्रीरहेको छ । मानिसको जीवनमा खाद्य वस्तुको स्वच्छताको महत्व यसबेला झन मुखर हुँदै आएको छ । विश्वब्यापी महामारीले संसारका अधिकाशं देशमा बन्दाबन्दी रहेको समयमा पनि यस वर्ष ‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ दोस्रो विश्व खाद्य स्वच्छता दिवस मानाइँदै छ ।

हाम्रो संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हक र खाद्य सम्प्रभुताको हक सुनिश्चित गरेको छ । नागरिकको खाद्य सम्बन्धी हकलाई परिपूर्ण बनाउँदै सरकारले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने नीति तय गरी कार्यान्वयनमा ल्याएको छ । खान नपाएकै कारण ज्यान जाने अवस्थाको हामीले अन्त्य गरेका छौं । खानेकुरा नभएर बालबालिकाले सडकमा माग्दै हिंड्नु पर्ने अवस्थाको अन्त्य गरी तिनीहरुको ब्यवस्थापन गरेका छौं । यदाकदा कोही भोकै रहने अवस्था आए राज्यको सम्बन्धित निकायसम्म खबर पुर्याइदिन पनि यस अवसरमा सबैमा आह्वान गर्दछु ।

खाद्य सम्बन्धी अधिकार सँगसँगै खाद्यवस्तुको स्वच्छता अर्को महत्वपूर्ण पक्ष हो । खाद्यवस्तु उपलब्ध भएर मात्र पुग्दैन, उपलब्ध खाद्यवस्तु गुणस्तरीय, स्वच्छ एवं सन्तुलित र पोषिलो पनि हुनु पर्दछ । जबसम्म खाद्यवस्तुको स्वच्छताको सुनिश्चितता हुँदैन तबसम्म खाद्य सम्बन्धी हक सार्थक हुन सक्दैन । खाद्यवस्तुको स्वच्छता कायम राख्न सरकारको मात्रै प्रतिवद्धता पर्याप्त हुँदैन । त्यसैले खाद्य श्रृंखलासँग सम्बद्ध सबैले खाद्यवस्तुको स्वच्छताका लागि आ–आफ्नो तहमा प्रतिबद्ध रहन जरुरी छ ।

नागरिकको खाद्य अधिकार र स्वास्थ्यको सुरक्षालाई मैले सधैं उच्च प्राथमिकतामा राखेको छु । पछिल्लो पटक फैलिएको कोभिड–१९ को विश्वब्यापी महामारीका जोखिम कम गर्न सन्तुलित र स्वच्छ खाद्यवस्तु र औषधिजन्य बनस्पतिको प्रयोगमा जोड दिन मैले आग्रह गर्ने गरेको छु । कोरोना भाईरसको जोखिमबाट सुरक्षित हुनको लागि सबै दिदीबहिनी तथा दाजूभाइहरुलाई सन्तुलित, पोषिलो तथा स्वच्छ खानाको उपभोग गर्न र व्यक्तिगत सरसफाई कायम राख्न अपिल गर्दछु ।

स्वच्छ खाद्यवस्तु उपभोग गर्ने नागरिकको अधिकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को हाम्रो राष्ट्रिय आकाङ्क्षासँग गाँसिएको छ । त्यसैले सरकारले कोही भोकै पर्दैन, कोही भोकले मर्दैन भन्ने नीति अख्तियार गरी कार्यान्वयनमा ल्याएको हो । हामीले खाद्यवस्तुको स्वच्छता र गुणस्तर कायम गर्न नसकेको अवस्थामा एकातिर कृषि तथा खाद्यान्नमा आधारित उद्योग व्यवसाय फस्टाउन सक्दैनन भने अर्कोतर्फ आम जनसमुदायको स्वास्थ्यमा प्रतिकूल असर पर्दछ । यसले गर्दा कृषि तथा खाद्यान्नमा आधारित निर्यातमा समेत नकारात्मक असर पर्न जान्छ । स्वदेशी खाद्यवस्तुको स्वच्छता र गुणस्तरलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको स्तरमा पुर्याउन सकिएन भने पर्यटन क्षेत्रमा पनि अपेक्षाकृत प्रगति हासिल गर्न सकिंदैन । तसर्थ राष्ट्रिय स्तरमा खाद्य स्वच्छता कायम राख्न खाद्य ऐनलाई समायानुकूल बनाइ तीनवटै तहका सरकारहरुबीच प्रभावकारी समन्वय एवं सहकार्य गर्न हामी अग्रसर छौं ।

खाद्यान्न व्यापारको विश्वव्यापीकरणको परिप्रेक्ष्यमा आयातीत खाद्यवस्तुको स्वच्छता एवं गुणस्तर नियमन गर्ने काम चुनौतिपूर्ण नै छ । तसर्थ हामीले जोखिमको आधारमा खाद्यवस्तुहरुको वर्गीकरण गरी आयातपूर्व, आयात बिन्दू तथा आयात पश्चात् खाद्यवस्तुहरुको स्वच्छता नियमन, नियन्त्रण तथा व्यवस्थापन गर्ने प्रणाली विकास गरिरहेका छौं । त्यसैगरी निर्यातयोग्य कृषि उपज तथा खाद्यवस्तुहरुको स्वच्छता एवं गुणस्तर कायम राखी निर्यातमा समेत सहजीकरण गर्न आवश्यक छ । हामीले उपभोग गर्ने खाना अस्वच्छ र कमसल भएमा एकातिर हामी विभिन्न अल्पकालीन तथा दीर्घकालीन रोगहरुको शिकार हुन पुग्छौं, अर्कातिर खाद्य वस्तुमा खरावी देखिएका कारण खाद्य व्यापारमा ठूलो नोक्सानी व्यहोर्नु पर्ने हुन्छ । तसर्थ सबै नेपालीलाई स्वस्थ्य र निरोगी बनाइ राख्न, खाद्यान्न व्यापारमा वृद्धि गर्न र खाद्यान्न निर्यातलाई समेत प्रबर्धन गर्न खाद्य वस्तुको स्वच्छता र गुणस्तरमा विशेष ध्यान दिनु पर्दछ ।

खाद्य स्वच्छताको सुनिश्चितताका लागि म देशका सम्पूर्ण किसान दिदीवहिनी तथा दाजुभाइहरुमा उत्पादन गर्दा सधैँ असल कृषि र असल पशुपालनको अभ्यास गर्न आह्वान गर्दछु । त्यसैगरी खाद्य प्रशोधन उद्योगमा सधैँ असल उत्पादन अभ्यास गर्दै प्रभावकारी नियमन एवं स्वीकृत मापदण्डहरुको कार्यान्वयनमा ध्यान दिन विशेष आग्रह गर्दछु ।

अन्त्यमा, खाद्यवस्तुको स्वच्छता र गुणस्तर कायम राख्न सम्बन्धित निकाय, सरकारी तथा गैर सरकारी संघ संस्थाहरु, पेशाकर्मी, उद्यमी–ब्यवसायी, विकास साझेदार लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा आह्वान गर्दछु । खाद्य पदार्थमा स्वच्छता कायम गर्न हामी सबै प्रतिबद्ध बनौं, विश्व खाद्य स्वच्छता दिवस, २०७७ को हार्दिक शुभकामना ।

२५ जेठ, २०७७
७ जून, २०२०

सिफारिस

पाटनमा ऐतिहासिक घोडेजात्रा सम्पन्न (तस्वीरहरू)

ललितपुरको पाटन क्षेत्रमा हरेक वर्ष मनाइने ऐतिहासिक घोडेजात्रा यस वर्ष पनि परम्परागत शैलीमा सम्पन्न भएको छ। चैत कृष्ण औँसीका अवसरमा मनाइने यो जात्रा काठमाडौंको...

टुँडिखेलमा सेनाले यसरी मनायो घोडेजात्रा (तस्वीरहरू)

आज काठमाडौंको टुँडिखेलमा नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ को अवसरमा विभिन्न प्रदर्शन गरिएको छ । परापूर्वकालदेखि चल्दै आएको यो सांस्कृतिक परम्परामा यस वर्ष पनि नेपाली...

काठमाडौं जिल्ला प्रशासनमा ‘पीएएस’ प्रणाली सञ्चालन, प्रधानमन्त्री कार्कीबाट निरीक्षण (तस्विरहरू)

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नवीनतम मोडेलको सार्वजनिक घोषणा प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ । साेमबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

टुँडिखेलमा सेनाले यसरी मनायो घोडेजात्रा (तस्वीरहरू)

आज काठमाडौंको टुँडिखेलमा नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ को अवसरमा...

काठमाडौं जिल्ला प्रशासनमा ‘पीएएस’ प्रणाली सञ्चालन, प्रधानमन्त्री कार्कीबाट निरीक्षण (तस्विरहरू)

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई...

फर्पिङमा सामूहिक बेल विवाह समारोह सम्पन्न (तस्वीरहरू)

फम्पि नेवा पुच: को आयोजनामा फर्पिङमा दुई दिनसम्म सञ्चालन...

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको...

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

धेरै पढिएको