काठमाडौँ महानगरले थाल्यो रात्रीकालीन सहरी सौन्दर्य कार्यक्रम, यस्तो देखियो माइतीघर मण्डला

काठमाडौं – काठमाडौं महानगरले झिलीमिली काठमाडौं कार्यक्रमलाई परीक्षणका रुपमा अघि बढाएको छ । ‘रात्रीकालीन सहरी सौन्दर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि माइतीघर मण्डला क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जडान गरिएका हुन् । पूर्यको प्रकाशको घट्दै गएपछि स्वचालित रुपमा आफैं बल्ने यस्ता बत्तीका कारण मण्डला क्षेत्र मनमोहक हुन थालेको छ ।


सहरलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने कार्यक्रममध्येको रात्रीकालीन सौन्दर्य बढाउने कार्यक्रम एउटा हो । महानगरपालिकाका सह–सचिव राजेश्वर ज्ञवाली भन्नुहुन्छ — अहिले परीक्षणका लागि मानिसहरुको धेरै चहलपहल र आवत–जावत हुने माइतीघर मण्डलामा हामीले नमूना परीक्षणका रुपमा यो कार्यक्रम अघि बढाएका हौँ । यसको सकारात्मक प्रतिक्रिया पाएका छौं । उहाँ कार्यक्रमका बारेमा थप्दै भन्नुहुन्छ — विश्वका ठूला सहरहरुले रात्री जीवनलाई प्रोत्साहन गर्न रङ्गीन बत्तीहरुको संयोजन मिलाएका हुन्छन् । काठमाडौंलाई बिश्वका यस्ता ठूला सहरको ठाउँमा पु¥याउन यस प्रकारका कार्यक्रम आवश्यक छन् ।


यसबाट सन्ध्याकालमा बाहिर निस्कने र रात्रीकालीन जीवन पछ््याउनेहरुलाई आनन्दित बनाउँछ । यस्तै रात्रीकालीन सहरी सुन्दरतालाई बढाउँछ । सहसचिव ज्ञवाली भन्नुहुन्छ — यसबाट सहरबासीले समृद्धिको अनुभूति गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौं ।
माइतीघर मण्डलाको झिलीमिलीबाट सकारात्मक प्रतिक्रिया पाएपछि महानगर आगामी दिनमा धार्मिक तथा पर्यटकीय स्थल र सम्पदा सूचीमा रहेका स्थानहरुमा क्रमश यस्ता बत्ती जडान गर्दै जाने योजनामा छ । सहसचिव ज्ञवालीकाअनुसार ‘केही ठाउँमा महानगर आफैंले र केही ठाउँमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत बत्ती जडान हुनेछन् । झिलीमिली काठमाडौं कार्यक्रम रातमा पनि जागा सहरको सूचक हो । यसले रात्रीकालीन व्यवसायबाट अर्थतन्त्रलाई थप चलायमान बनाउन टेवा पु¥याउँछ ।


महानगरले फुटपाथ पसल सञ्चालनमा रोक लगाएर सडक किनारालार्य पैदल यात्रामैत्री बनाउने योजना बनाएको छ । सडक किनारामा हिँड्दा आनन्दको अनुभूति गराउन रात्रीकालीन झिलीमिलीको ठूलो भूमिका हुनेछ ।
माइतीघर मण्डलाबाट अब तीनकुनेसम्मको सडक किनारामा झिलीभिली बनाइनेछ । त्यसपछि क्रमशः नयाँ सडक, दरबारमार्ग, ठमेललगायत क्षेत्रमा पनि बत्ती जडान गरिनेछन् । महानगरले आगामी बर्षमा रङ्गीचङ्गी बत्ती जडानका लागि करीब ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आउँदो असोज – कार्तिक महिनासम्ममा सहरका पाँच–सात ठाउँमा बत्ती जडान गर्ने लक्ष्य राखिएको सहसचिव ज्ञवालीको भनाइ छ ।


काठमाडौँ महानगरपालिकाले आ. व. २०७७÷०७८ को नीति तथा कार्यक्रममा बत्तीसँग सम्बन्धित कार्यक्रम राखेको छ । प्रमुख चोकहरुमा आधुनिक सिग्नलाईज्ड प्रणालीमा आधारित ट्राफिक लाईट जडान गरी ट्राफिक व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाउने, मेयर उज्यालो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने, मुख्य चोकहरुमा हाइमास बत्ती जडान गर्ने नीति तथा कार्यक्रममा समेटिएका छन् ।

मण्डलाको संकेत

शुभ कार्यको प्रतीक मण्डलालाई नेपाल मण्डलको सांस्कृतिक बिम्बका रुपमा निर्माण गरिएको हो । पछिल्लो समय यस क्षेत्रमा दिनहुँ हुने फरक–फरक प्रकारका आन्दोलन, धर्ना, अनशन र खवरदारी सभाले मण्डलाको पहिचान राजनीतिक गतिबिधिसँग पनि जोडिन थालेको छ ।


पहिचान फरक फरक बनाएको छ । त्यति मात्र होइन विभिन्न महत्वपूर्ण घटनाको सम्झना गर्नका लागि होस् या केही शुभ सन्देश दिन गरिने दीप प्रज्वलनका कारण । माइती घर मण्डलाले परिचान बनाएको छ । कारण जे होस्, माइतीघर मण्डला काठमाडौंका चर्चित स्थानमध्येको एक बनेको छ ।


मण्डला र बत्तीबीच अन्तरनिहित सम्बन्ध छ । बत्ती वा प्रकाश बिनाको मण्डला जसरी अधुरो हुन्छ । त्यसै गरी मण्डला बिना एक्लो बत्ती पनि अधुरो रहन्छ । घरमा गरिने सानातिना पूजाआजामा पनि बत्ती राख्न मण्डला बनाउने गरिन्छ ।
सांस्कृतिक रुपमा अन्तरसम्बन्ध रहेका मण्डला र बत्तीलाई झिलीमिली काठमाडौं कार्यक्रमको परीक्षणका रुपमा प्रयोग गरिएको छ । यसबाट सबैले लाभ हुने, सबैलाई अपनत्व ग्रहण हुने परिणाम आउने महानगरले अपेक्षा गरेको छ ।

सिफारिस

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई महाकाली नाचलगायत विभिन्न...

भर्खरै

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

धेरै पढिएको