ताजा अपडेट

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्य विजयी भएका छन्। १० वैशाखमा भएको उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका वाग्ले ३४ हजार ४८० मतसहित विजयी भएका हुन्। तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन भएको थियो। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार...
धादिङ - राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) बागमती प्रदेशको अधिवेशनको दोस्रो अधिवेशन सम्पन्न भएकाे छ । नारायण सिलवालको अध्यक्षता र त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सर्वसम्मत पुनः नारायण सिलवालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । बुधवार धादिङको सल्यानटारमा सम्पन्न प्रदेश समितिको दोस्रो अधिवेशनले उपाध्यक्षमा नुवाकोटका...
जो बगाउछ पसिना, अन्न उ फलाउछ। कुना कप्चा खोस्रेर माटो उ नै चलाउछ। उ नै पर्छ पिडामा, आधा पेट बाँच्दछ अझै स्वभिमानी भै प्रतिकुलतामा हाँस्दछ। पानी झरि सबै झेल्छ,दिन रात उ खट्दछ कहिले बेँसी कैले टार, उ नै लेक चढ्दछ। कैले सप्रन्छ त कहिले बिग्रन्छ उसको बाली अर्को साल नयाँ आशामा खट्दछ सबै निरासा फालि सपना ठुल-ठुला...
राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव फागुनभित्र गर्न निर्वाचन आयोग र सरकारबीच छलफल भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल र आयोगका पदाधिकारीबीच भएको छलफलमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव फागुनभित्र सक्ने गरी छलफल भएको हो । ‘मिति तय भएको छैन । कानुनी परामर्श गरेर मिति तय गर्ने कुरा भएको छ,’ आयुक्त रामप्रसाद...
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश १ महिला तर्फ सत्तारूढ गठबन्धनकी जयन्ती राई विजयी भएकी छन्। निर्वाचन प्रदेश कार्यालय स्रोतका अनुसार आधिकारिक नतिजा सबैको एकैपटक प्रकाशित हुनेछ। नेकपा (एकीकृत समाजवादी)की उम्मेदवार राईले एमालेकी सुमित्रा भण्डारीलाई ३ सय ३० मतान्तरले पराजित गरेकी हुन्।भोजपुरकी राई र झापाकी भण्डारी चुनावी मैदानमा थिए। महिला तर्फकी उम्मेदवार...
पार्टी फेरेजस्तै छ रेखा थापाको साथी फेराइ। एक समय निकै मिल्ने, पछि उहीसँग झगडा, लफडा! छवि ओझासँग औपचारिक विवाहबिनै १२ वर्ष रहिन्। सम्बन्धमा एकपछि अर्काे लफडै लफडापश्चात् छुट्टिए। आर्यनको नामै उनले राखिदिएको। निर्देशक श्याम भट्टराईसँग पनि सम्बन्ध बिग्रियो। निखिल उप्रेती, विराज भट्ट, यसशकुमार यी कोहीसँग आजकाल बोलचाल छैन। प्रचण्डसँग चिनाइदिने चेतन...
काठमाडौं - नेपालको एकमात्र म्यानुयल थेरापी एण्ड पेन रिलिफ सेन्टर अब एम.टी. हस्पिटलको रुपमा स्तरउन्नती भएको छ । नेपालको पहिलो तथा एकमात्र म्यानुयल थेरापी एण्ड पेन रिलिफ सेन्टरको रुपमा परिचित यो संस्था बिरामीहरु माझ निकै लोकप्रिय मानिन्छ । यस हस्पिटलले हाल ललितपुरको धोबिघाट, काठमाण्डौंको बानेश्वर र मकवानपुरको हेटौंडाबाट आफ्नो...
काठमाडौं - प्रहरी वृत्त, स्वयम्भुका डीएसपी मिलन केसीलाई जिम्मेवारीबाट हटाइएको छ। केसीलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा तानिएका छन् । केन्द्रीय कारागार, सुन्धारामा गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई भेटेको आरोप लागेपछि उनी रानीपोखरी तानिएका हुन् । उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकका अनुसार गत आइतबार डीएसपी केसी अमृत केसी...
काठमाडौं - नेकपा एमालेको निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरमा बस्ने भएको छ । यसअघि स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्दै आएको थियो । तर महाधिवेशबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भने भक्तपुरको जर्मन पार्टी प्यालेसमा बस्ने भएको हो । केन्द्रीय सदस्यको संख्या बढेकाले पार्टी प्यालेस...