काठमाडौं - १२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । उनीहरू केही समयदेखि आफू कार्यरत कार्यालयमा सम्पर्कमा नआएको सशस्त्र प्रहरी बल, केन्द्रीय कार्यालयले जनाएको छ । सम्पर्कविहीन हुनेहरूमा दुई जना हवल्दार र १० जना जवानहरू रहेका छन् । कोही बिदामा गएर सम्पर्कविहीन भएको र कोही आफुखुसी ब्यारेक छाडेर सम्पर्कमा नरहेको कार्यालयले...
काठमाडौँ - नेपाली सेनाको श्री नं. १३ बाहिनी अड्डा लगनखेल, ललितपुरमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । ‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा- सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मलेनमा तामाङ सेलो, लाखे, मगर समुदायको नृत्य, धिमाल समुदायको नृत्यलगायतका सांस्कृतिक कार्यक्रम, फरक क्षमता भएका भूपू सैनिकलाई ह्विलचेयर...
जनकपुरधाम — धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–४ स्थित श्री राजदेवी मन्दिर प्राङ्गणमा मेलाका क्रममा रोटे पिङ भाँचिँदा फसेका ५६ जनाको नेपाली सेनाले उद्धार गरेको छ । शुक्रबार साँझ करिब ७ बजे भएको उक्त दुर्घटनापछि नेपाली सेनाको विष्णुदल गणबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा उनीहरूलाई सकुशल उद्धार गरेको हो। सेनाका...
काठमाडौँ — यस वर्षको नेपाल प्रहरी ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ (आजीवन कार्यसिद्धि सम्मान) २०८० पूर्वप्रहरी निरीक्षक कोमलबहादुर थापालाई प्रदान गरिएको छ । ६८ औं प्रहरी दिवसको अवसरमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले थापालाई उक्त अवार्डबाट सम्मान गरेका हुन् । २०२२ मा प्रहरी सेवा प्रवेश गरेका थापा ३ दशकभन्दा बढी समय नेपाल प्रहरीमा...
सरकारले चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान सार्वजनिक गरेको छ । साउन २६ को मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ तलबमान मन्त्रालयले भर्खर सार्वजनिक गरेको हो । अर्थले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई पत्राचार गर्दै हालै स्वीकृत नयाँ तलबमान, ग्रेड र प्राविधिक ग्रेडको विवरण पठाएको...
नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो। आईजीपी वसन्त कुँवर अवकाशमा गएपछि सरकारले थापालाई यो जिम्मेवारी दिएको हो। को हुन् थापा? २०२८ मंसिर ८ गते भक्तपुरको सिपाडोलमा जन्मिएका थापाले कानुनमा स्नातक तथा राजनीतिकशास्त्र र...
काठमाडौं- नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउन मागसहित परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आगामी भदौ १६ गते अवकाश हुन लागेका प्रहरी अधिकृतहरूले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यससम्बन्धी निर्णय कार्यान्वयन नगराउन आदेश दिएको हो । सर्वोच्चले यसअघिका बृहत पूर्ण इजलासका निर्देशनात्मक...
डोल्पाको सदरमुकाम दुनैमा अवस्थित नेपाली सेनाको नन्द बक्स क्याम्पका गुल्मपति मेजर विमल पण्डित सम्पर्कविहीन भएका छन्। उनी आइतबार साँझदेखि सम्पर्कविहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए। बडीगार्ड नलिई हिँडेकाले उनको खोजीमा समस्या भएको प्रहरीले जनाएको छ। गुल्मपति पण्डितको खोजीका लागि डिएसपी शिवकुमार बुढाथोकीको नेतृत्वमा प्रहरी प्रहरी, सेना, सशस्त्र...
काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले पहिलोपटक युनिट सरुवाको सुरुवात गरेको छ। सशस्त्र प्रहरी बलको नम्बर १५ गण काभ्रेको ‘क’ गुल्म र नम्बर ७ गण सिरहाको ‘क’ गुल्मको गुल्म फर्मेशनमा परस्परमा सरुवा गरिएको हो। नेपाली सेनाको जस्तै मोडलमा सशस्त्र एकै पटक ‘गुल्म टु गुल्म’ को सरुवा गरेको हो। यसअघि नेपाली सेनाले...
काठमाडौँ - नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको राष्ट्रिय एकताको रक्षा गर्नु सेनाको प्रमुख दायित्व भएको बताएका छन् । प्रधानसेनापतिको कमाण्ड सम्हालेपछि मातहत सकलदर्जाहरुलाई पहिलो पटक सम्बोधन गर्दै सिग्देलले नेपालको संविधानद्वारा प्रदत्त स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख कार्य रहेको स्पष्ट पारेका छन् ।...