कानुनको कार्यान्वयनमा नचुक्न र नझुक्न प्रहरीलाई आईजीपी थापाको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले कानुनको कार्यान्वयनमा नचुक्न र नझुक्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार महानगरीय प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्दै आईजीपी थापाले उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेसागत कर्तव्य पूरा गर्न निर्देशन दिएका हुन् ।

प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राहीसमक्ष प्रहरीले उच्च आचरण र व्यवहारसहित प्रस्तुत भएमा प्रहरीप्रति आमनागरिकको दृष्टिकोण सकारात्मकरुपमा परिवर्तन हुने भन्दै उनले छिटोछरितो सेवा प्रवाहमा अग्रसर हुनुपर्ने बताए ।

अपराध अनुसन्धान तथा नियन्त्रणलाई थप प्रभावकारी र प्रमाणमुखी बनाउनुपर्नेमा जोड दिँदै आईजीपी थापाले भने, ‘अपराध कार्य नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा प्रहरीले समेत समयानुसार आफूलाई परिवर्तन गर्दै पुलिसिङका नयाँ तरिका र पेसा सम्बन्धी अध्ययन गरी अगाडि बढ्नुपर्छ ।’

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले आईजीबाट प्राप्त निर्देशन सम्बोधन अक्षरस पालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रहरी कर्मचारीहरु एक्यबद्ध भई अगाडि बढेमा प्रहरीले गर्ने हरेक काम कारबाहीको गन्तव्य निर्धारणका लागि सहजता हुने उल्लेख गर्दै उनले थप व्यवसायिक क्षमता, लगनशीलताकासाथ नयाँ परिस्थिति र चुनौतीको सामना गर्न प्रहरी कर्मचारीहरु तयार रहेको बताए ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकलगायत उक्त कार्यालय मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको