के होला आगामी ३ दिनको मौसम ?

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ रहेको जनाएको छ । न्यून चापीय रेखा औसतभन्दा उत्तरतर्फ रहेको असर पनि देखिन थालेको महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्य वदली भइरहेको र देशको पुर्वी भुभागका केही स्थानमा मेघ गर्जन गराउने बादल सक्रिय रहेको महाशाखाले जनाएको छ । पूर्वी तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा भइरहेको छ । त्यस्तै पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानहरूमा पनि वर्षा भईरहेको महाशाखाले जानकारी दिएको छ ।

बुधबार (आज) दिउँसो देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । मध्य र पूर्वी नेपालका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार राति पूर्वी र मध्य भागहरूका केही स्थानमा र पश्चिमि भागको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना छ ।

बिहीबार दिउँसो केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने तथा राति केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

त्यस्तै शुक्रबार दिउँसो मुलुकका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने तथा पूर्वी पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार राति देशभर सामान्यतया वदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने तथा पश्चिमी पहाडी भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

त्यस्तै महाशाखाले केही स्थानमा मेघ गर्जन सहितको वर्षा हुने र चट्याङ्ग पर्ने सम्भावना रहेकोले आगामी २४ घण्टाका लागि सतर्क रहन आग्रह गरेको छ । त्यस्तै मध्य र पूर्वी पुर्वी नेपालका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले सडक यातायातमा पहिरो र भू–क्षयका कारण अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको